'एकिकृत समाजवादीको प्रदेश र रुपन्देही कार्यालय उद्घाटन'

४ वर्ष अगाडि

बुटवल । नेकपा एकिकृत समाजवादी लुम्बिनी प्रदेश र रुपन्देही जिल्ला कमिटिको पार्टी कार्यालय उद्घाटन भएको छ । नेकपा एकिकृत समाजवादीका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री माधव कुमार नेपाललले शनिबार एक समारोहका विच पार्टी कार्यालय उद्घाटन गरे ।

बुटवल ८ सुख्खा नगरमा प्रदेश र जिल्ला कमिटिको संयुक्त कार्यालय स्थापना भएको हो । कार्यालय उद्घाटन गर्दै अध्यक्ष नेपालले कार्यालयलाई स्मार्ट रुपमा अघि बढाउन आग्रह गरे । उनले निर्वाचनहरु नजिक आइरहेकाले तथ्यांकहरु, पार्टीका कागजपत्र चुस्त दुरुस्त रुपमा राख्न समेत आग्रह गरे । उनले प्रविधिको उच्चतम प्रयोग गर्न सुझाव दिए ।

उद्घाटन समारोहमा पार्टीका उपमहासचिव डा. विजय पौडेल, सचिव भागवत विश्वसी, केन्द्रीय सदस्य डा. बालकृष्ण चापागाई, सिद्धिचरण भट्टराई लगायतका नेताहरुको उपस्थिती थियो ।

कार्यालय स्थापनासँगै पार्टीका नियमित कामलाई व्यवस्थित रुपमा अघि बढाउने जिल्ला अध्यक्ष राजु गुरुङले बताए । कार्यक्रमको सञ्चालन उपसचिव सरिता श्रीसले सञ्चालन गरेका थिए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

नक्कली जग्गाधनी खडा गरी नामसारी: ७ जनाविरुद्ध अख्तियारको मुद्दा

ई–बिडिङ ह्याक प्रकरणमा थप एक पक्राउ, पक्राउ संख्या १३ पुग्यो

ओमानसँग नेपाल १०२ रनले पराजित, डीएलएस मेथडले खेल टुंगियो

सुधन गुरुङमाथि चाँडै छानबिन सुरु हुने: रवि लामिछाने

नेप्सेमा दोहोरो गिरावट: २५.८१ अंकले घटेर २७४४ मा सीमित

वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ

दुई दिनमै सुनको भाउ ६ हजार रुपैयाँले घट्यो

फेरि बढ्यो सार्वजनिक यातायात भाडा