'देवदहमा विद्यालयस्तरीय वादविवाद प्रतियाेगिता सम्पन्न, सन्ताेषी सापकाेटा भईन प्रथम'

५ वर्ष अगाडि

बुटवल । रुपन्देहीको देवदहमा अन्तरविद्यालयस्तरीय वादविवाद प्रतियाेगिता सम्पन्न भएको छ।
५७ ओैँ राष्ट्रिय बाल दिवसकाे अवसरमा देवदह नगरपालिकाद्वारा आयाेजित गरेकाे ‘बालबालिकाकाे भविष्य निर्माणमा विद्यालयकाे भुमिका’ बिषयक वादविवाद प्रतियाेगितामा १३६ अंक सहित सगरमाथा अवासिय माविकी सन्ताेषी सापकाेटा प्रथम भएकी छन । प्रतियाेगितामा १३२ अंक सहित ग्रीनप्लान्ट आवासिय माविकी चन्द्रकला पाण्डेय द्वितिय भएकी छन। त्यस्तै, १२३ अंक सहित सेभेनस्टार आवासिय माविकी करिस्मा मैनाली र १०९ अंक सहित भविष्य निर्माण माविका आयुश पाण्डेय सान्त्वना भएकाे निर्णायक मण्डलका संयाेजक डा. हिरण्यलाल ज्ञवालीले जानकारी दिए । २०० पुर्णाक राखिएकाे प्रतियाेगितामा १२ विद्यालय सहभागी भएका थिए। प्रतियाेगितामा प्रथम, द्वितिय, तृतिय र सान्त्वना हुने प्रतियाेगिहरूलाई क्रमश ५ हजार ३ हजार २ हजार १ हजार र प्रमाणपत्र प्राप्त गरेका छन । प्रतियाेगितामा बुटवल बहुमुखी क्याम्पसका प्रध्यापक डा.हिरण्यलाल ज्ञवाली र सह-प्राध्यापक टेक राज अर्यालले निर्णायककाे भुमिका निर्वाहा गरेका थिए । कार्यक्रममा बाेल्दै देवदह नगरप्रमुख हिरा बहादुर खत्रीले बालबालिकाकाे नेतृत्व विकासका लागि नगरपालिकाले पहल गरीरहेकाे बताए । उनले बालबालिकाकाे अधिकार हनन हुन नदिन सचेत हुनु पर्नेमा जाेड दिए । बालमैत्री नगर घाेषणा गर्न नसकेकाे बिषयमा नगरपालिकाकाे बचाउ गर्दै मेयर खत्रीले बालमैत्री घाेषणा नगरे पनि काम गरीरहेकाे दाबी गरे । साे अवशरमा देवदह उप-प्रमुख विद्यालक्ष्मी गुरूङ, प्रमुख प्रशाषकिय अधिकृत डिल्लीराज वेलवासे र बालसञ्जालकी प्रमुख सल्लाहकार वविता भट्टराईले बाेल्दै नगरपालिकाले बालबालिकाे क्षेत्रमा अझै काम गर्न बाँकी रहेकाे बताए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो

प्रधानमन्त्रीले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्ने

देवदह नगर अस्पतालको नवनिर्मित भवन उद्घाटन: नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य

आयल निगमलाई १५ दिनमा ७ अर्ब ८१ करोड घाटा

प्रधानमन्त्री कपमा आसिफ शेखको दोहोरो शतकको कीर्तिमानी

ललितपुरमा दाजुभाई मारेर हतियारसहित भागेका अपराधी पक्रिने प्रहरी जवान पुरस्कृत