'खोप नपाएसम्म पाल्पाका शिक्षकहरुले विद्यालय सञ्चालन नगर्ने'

५ वर्ष अगाडि

जनकराज भट्टराई, पाल्पा। पाल्पाका शिक्षकहरुले  कोभिड १९ बिरुद्वको खोप नपाएसम्म विद्यालय सञ्चालन नगर्ने भएका छन।

संयुक्त शिक्षक संघर्ष समिति पाल्पाले  साउन १४ गतेदेखि जिल्लाभरका सम्पूर्ण शैक्षिक गतिविधि बन्द गर्ने निर्णय गरेको छ । सरकारले नयाँ शैक्षिक सत्र सुरु भएको एक महिना भईसक्दा पनि अहिलेसम्म शिक्षकलाई कोरोना विरुद्धको खोप नदिएको भन्दै पाल्पाका शिक्षकहरुले बिद्यालय बन्द गर्ने निर्णय गरेका हुन।
समितिको आज बसेको बैठकले जिल्लाका ५ हजार ७ सय ३१ जना शिक्षकहरुले कोरोना खोप नलगाउँदासम्मका लागि पठनपाठनका सबै कृयाकलाप बन्द गर्ने निर्णय गरेको हो । समितिले शिक्षकहरुले खोप नलगाउँदासम्म राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को परीक्षा र विद्यालयले सञ्चालन गर्ने कक्षा ११ को परीक्षामा समेत सहभागी नहुने निर्णय गर्दै जिल्लाभरका विद्यायहरुलाई पत्राचार गरेको छ ।
नेपाल शिक्षक महासंघकी अध्यक्ष धनकला गाहा, नेपाल राष्ट्रिय शिक्षक संगठन लुम्बिनी प्रदेश समिति अध्यक्ष विष्णु पोखरेल, नेपाल शिक्षक महासंघ लुम्बिनी प्रदेश समिति सदस्य सुरेशप्रसाद गौतम र बिजयबहादुर बुढाथोकी, नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला अध्यक्ष रामप्रसाद ढकाल, नेपाल शिक्षक संघ पाल्पाका उपाध्यक्ष शारदा पाण्डे, ए.अ.ने. शिक्षक संगठन पाल्पाका सहसचिव कपिल कुँवर, प्यावसन पाल्पाका उपाध्यक्ष महेशमान बज्राचार्य, नेपाल राष्ट्रिय शिक्षक परिषदका अध्यक्ष जीवन प्रकाश नेपाल, अ.न.शिक्षक संघ पाल्पाका अध्यक्ष निरबहादुर काम्मुद्वारा हस्ताक्षरित जानकारीमा सो कुरा उल्लेख गरिएको छ ।
शिक्षक महासंघको टोलिले आजै जिल्ला प्रशासन कार्यालयमा खोपको माग सहित ज्ञापन पत्र पेश गर्दै धर्ना समेत दिएको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो

प्रधानमन्त्रीले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्ने

देवदह नगर अस्पतालको नवनिर्मित भवन उद्घाटन: नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य

आयल निगमलाई १५ दिनमा ७ अर्ब ८१ करोड घाटा

प्रधानमन्त्री कपमा आसिफ शेखको दोहोरो शतकको कीर्तिमानी

ललितपुरमा दाजुभाई मारेर हतियारसहित भागेका अपराधी पक्रिने प्रहरी जवान पुरस्कृत