बुटवलमा क्लिनिकको लापरवाहीले गर्ववती महिलाको मृत्यु भएकाे छ ।
महिलाको मृत्यु भएपछी परिवारले घटनामा संग्लनलाइ कारवाही गर्न प्रहरी कार्यालयमा जाहेरी दिएका छन ।
पाल्पा बगनासकाली गाउँपालिका वडा नम्बर २ की गिता पाण्डे मेडिकल क्लिनिकको लापरबाहीको कारणले मृत्यु भएपछि घटना बाहिर आएको हो।
करिब १२ हप्ताको बच्चा पेटमा अस्वस्थ भएपछी गर्भपतनको लागि उनको ३ वटा क्लिनिकमा उपचार गर्दा गर्दै मृत्यु भएको हो ।
चैत २७ गते चेकजाचमा गएका दम्पती बैशाख ५ गते पुन फलाेअपकाे लागि आफ्ना श्रीमान् सहित खत्री नर्सिङ्गहोम (मेडिकल) हल ईट्टाभट्टीमा उपचारको लागि गएकी थिईन् ।
त्यहाँ गर्भपत हुने सम्भावना नभएपछि उनलाई बुटवल हस्पिटल लाइनमा रहेको जोनल फार्मेसी क्लिनिकमा पठाईएको थियो ।
१० बजे त्यहाँ पुगेका पाण्डे दम्पतीलाई त्यहाँ डक्टर नभएको भन्दै अर्को गल्लीमा रहेको ईन्दुलेखा क्लिनिकमा लगिएको थियो । त्यहाँ डक्टर आई नसकेको र डक्टरले औषधी चलाउन भन्नुभएको भन्दै नर्सले औषधी राखेकी थिईन । औषधी चलाएर गर्भपतन गराउने प्रयास गरिएकोमा उनको स्वास्थ्य अवस्थामा गम्भीर समस्या आएपछि अन्तिममा लुम्बिनी सिटी अस्पतालमा लगिएको थियो ।
अस्पतालमा लैजाँदा बित्तिकै उनको मृत्यु भएको हो । महिलाको नर्सिङ्ग होम, क्लिनिक र डाक्टरको लापरबाही तरिकाले औषधी चलाएको पाइएको छ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक निशान्त श्री वास्तवका अनुसार महिलाको मृत्यु भएपछि श्रीमान्ले उचित कारबाहीको लागि प्रहरी कार्यालयमा जाहेरी दर्ता गरेको बताए ।
जाहेरी दर्ता पछि प्रहरीले तत्काल ३ जनालाई पक्राउ गरेर आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ । समाचार स्रोतका अनुसार जोनल हेल्थ क्लिनिकका सन्ध्या बस्नेत, जोनल फार्मेसी क्लिनिकका निलम घर्तीमगर, ईन्दुलेखा क्लिनिकका खगेन्द्र पाण्डेलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडी बढाइएको छ ।
श्रीमती गिताको खत्री नर्सिङ होममा नियमित उपचार हुँदै आएको र बच्चाको स्वास्थ्य अवस्थामा समस्या छ भनेपछि गर्भपतन गर्ने निर्णय गरिएको श्रीमान प्रकाश पाण्डेले जानकारी दिए ।
बुटवल लगायतका स्थानमा अवैध रूपमा खोलिएका फार्मेसी र क्लिनिकमा उपचार गराउने कतिपय महिलाहरूको चिकित्सक र स्वास्थ्यकर्मीको लापरवाहीको कारण अकालमै मृत्यु हुने गरेको छ ।