'देवदहमा वन डढेलो सचेतना सप्ताहको तेस्रो दिन: शिवालय सामुदायिक वनमा कार्यक्रम सम्पन्न'

१ महिना अगाडि

देवदह। “वन डढेलो रोकथाम हाम्रो अभियान” भन्ने उद्देश्यसहित सञ्चालन भइरहेको वन डढेलो सचेतना सप्ताह–२०८२ अन्तर्गत आज तेस्रो दिन देवदहस्थित शिवालय सामुदायिक वनमा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

गाउँ वन समन्वय सञ्जालको आयोजनामा चैत्र १ गतेदेखि ७ गतेसम्म सञ्चालन भइरहेको उक्त सप्ताह कार्यक्रममार्फत वन डढेलो नियन्त्रण तथा रोकथाम सम्बन्धी जनचेतना फैलाउने उद्देश्य राखिएको छ। रुपन्देहीलाई वन डढेलोमुक्त क्षेत्रका रूपमा विकास गर्ने लक्ष्यसहित आयोजित कार्यक्रममा विभिन्न सामुदायिक वनका अध्यक्ष तथा प्रतिनिधि, विभिन्न संघ–संस्थाका प्रमुख तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सब डिभिजन वन कार्यालय शीतलनगरका रेन्जर चिन्तामणी पंजियारले वन डढेलो नियन्त्रणका लागि समयमै पूर्वतयारी, ‘कन्ट्रोल बर्न’ (नियन्त्रण जलाउने प्रक्रिया) को सही प्रयोग, फायर लाइन निर्माण तथा व्यवस्थापन अत्यन्त महत्वपूर्ण रहेको बताए। उनले वन क्षेत्रमा हुने करिब ९० प्रतिशत डढेलो मानवीय कारणले हुने भएकाले यसतर्फ सबै सचेत हुन आवश्यक रहेको उल्लेख गर्दै छिमेकी सामुदायिक वनहरूसँग समन्वय गरी प्रभावकारी रूपमा काम गर्नुपर्नेमा जोड दिए।

सोही अवसरमा जनप्रीय सामुदायिक वनकी सचिव मालती थापा र देवदह आदर्श बहुमुखी क्याम्पसका वासुदेव रिमाललगायतले आ–आफ्नो भनाइ राखेका थिए। गाउँ वन समन्वय सञ्जालका अध्यक्ष खेम नारायण अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य सहसचिव रामचन्द्र पाध्यले व्यक्त गरेका थिए भने कार्यक्रम सञ्चालन सचिव टेक बहादुर रानाले गरेका थिए।

सप्ताहभर वन डढेलो नियन्त्रण तथा रोकथामका विषयमा विभिन्न सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिने आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो