'जनयुद्ध दिवसको अवसरमा देवदहमा रक्तदान'

२ महिना अगाडि

देवदह । ३१औं जनयुद्ध दिवसको अवसरमा देवदहमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । शुक्रवार नेपाली कम्युनिष्ट पार्टी नगर कमिटिको योजनामा सम्पन्न कार्यक्रममा ४५ पिन्ट रगत जम्मा भएको जनाइएको छ ।

यसै बीच कार्यक्रममा बोल्दै नेकपा रुपन्देही क्षेत्र नं १ का उम्मेदवार घनश्याम यादवले गणतन्त्र, धर्म निरपेक्षता, समावेशी प्रतिनिधित्व जस्ता राजनीतिक परिवर्तनको जग जनयुद्ध भएको बताए । ‘हजारौं शहिद, बेपत्ता र घाइते योद्धाको संघर्षले अहिलेको परिवर्तन आएको हो ।’ उनले भने, ‘अब आर्थिक, सामाजिक परिवर्तन आवश्यक छ, त्यसको नेतृत्व गर्न नेकपा तयार छ ।’

उम्मेदवार यादवले जनयुद्धमा बगेको रगतले नेपाली जनतालाई अधिकार दिलाएको उल्लेख गर्दै यसरी गरिने रक्तदान जस्ता सामाजिक कार्यले समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

कार्यक्रममा नेकपा देवदह संयोजक दीपक न्यौपानेसहित पार्टीका केन्द्र, प्रदेश र जिल्ला तहका नेताहरुको सहभागिता रहेको थियो ।

यसै सन्दर्भमा आज बेलुका देवदहको खैरेनी, शंकरपुर र चरंगेमा दीप प्रज्ज्वलन समेत गरिने पार्टीले जनाएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो

प्रधानमन्त्रीले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्ने

देवदह नगर अस्पतालको नवनिर्मित भवन उद्घाटन: नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य

आयल निगमलाई १५ दिनमा ७ अर्ब ८१ करोड घाटा

प्रधानमन्त्री कपमा आसिफ शेखको दोहोरो शतकको कीर्तिमानी

ललितपुरमा दाजुभाई मारेर हतियारसहित भागेका अपराधी पक्रिने प्रहरी जवान पुरस्कृत