'नमुना एभरग्रीन इङलिस बोर्डिङ स्कुलमा खेल सप्ताह सुरु'

३ महिना अगाडि

देवदह । रुपन्देहीको देवदह-२ मा अवस्थित नमुना एभरग्रीन इङलिस बोर्डिङ स्कुलमा खेल सप्ताह सुरु भएको छ। कार्यक्रमको उद्घाटन गर्दै विद्यालयका प्रिन्सिपल कमल पौडेलले खेलकुद शारीरिक र मानसिक तन्दुरुस्तीका दृष्टिकोणले अति नै महत्त्वपूर्ण रहने, यसले मनोरञ्जन दिनुकासाथै शरीरलाई तन्दुरुस्त राख्ने काम गर्ने र खेलकुदको माध्यमबाट पनि विद्यार्थीहरु देश, बिदेशमा परिचित हुने बताउनुभयो ।

२ दिनसम्म चल्ने प्रतियोगितामा कुल २२ विधामा प्रतिस्पर्धा रहने र करिब ३०० भन्दा बढि विद्यार्थीहरुको सहभागिता रहने जानकारी अतिरिक्त क्रियाकलप संयोजक रुद्र प्रसाद पाण्डेयले जानकारी गराउनु भएको थियो।

पहिलो दिन सम्पन्न कक्षा नर्सरीको ३० मिटर दौड छात्रतर्फ बोबिन राना प्रथम , आकांश गाहा दितिय र जेनिश गुरुङ तृतीय भएका छन । त्यसैगरी ३० मिटर छात्रातर्फ डिबीना गुरुङ ,पिरिसा तिवारी र हेमा थापा क्रमशः प्रथम, दितिय र तृतीय हुन सफल भएका छन। त्यसैगरी प्लेग्रुपको बेलुन फोड्ने तर्फ सायोना राना, विनय बुढाथोकी र प्रिन्सा चौधरी क्रमशः प्रथम, दितिय र तृतीय भएका छन।

त्यसैगरी १०० मीटर दौड जूनियर छात्र तर्फ कृष्णा चाई प्रथम ,मौसम गुरुङ द्वितीय र सस्कार बश्याल तृतीय भएका छन| साथै छात्रातर्फ प्रकृति सापकोटा प्रथम,यूनिसा कुँवर द्वितीय र कस्मि थापा तृतीय हून सफल भएका थिए ।

विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक रुद्र प्रसाद पाण्डेयको अध्यक्षता, विद्यालय संयोजक राज कंवरको संचालन तथा शिक्षक झमन राना, हिमाल आले, अञ्जु कुमालको सहजीकरणमा पहिलो दिनको खेलहरु सम्पन्न भएका थिए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
100%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 4
यो पनि पढ्नुहोस

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो