'प्रवेश टिकटबाटै पुरस्कार : देवदह महोत्सवको नयाँ आकर्षण'

४ महिना अगाडि

देवदह । सामान्यतया कुनै पनि महोत्सव वा मेलामा प्रवेश गरेपछि हातमा रहेको च्यातिएको टिकटको कुनै मूल्य हुँदैन । प्रायः त्यस्ता टिकटहरू यत्रतत्र फालिन्छन् र फोहोरको कारण बन्छन् । तर, यही पुस २३ देखि माघ ६ गतेसम्म सञ्चालन हुने ‘दशौँ देवदह महोत्सव’ मा भने टिकटको मूल्य प्रवेशपछि पनि कायम रहनेछ, त्यो पनि खरिद मूल्यभन्दा कयौँ गुणा बढी ।

उद्योग व्यापार संघ देवदहको आयोजनामा हुने महोत्सवमा प्रयोग गरिएका टिकटबाटै दर्शकलाई पुरस्कृत गरिने योजना ल्याइएको छ । महोत्सवका प्रमुख सल्लाहकार एवं सांस्कृतिक संयोजक गोविन्द ठडराईका अनुसार गोलाप्रथा मार्फत हरेक दिन २० जना दर्शकलाई पुरस्कृत गरिनेछ । “यसले एकातिर टिकटले निम्त्याउने फोहोर व्यवस्थापनमा सहयोग पुग्नेछ भने अर्कोतिर दर्शकलाई आकर्षक पुरस्कार जित्ने मौका मिल्नेछ,” ठडराईले भने ।

महोत्सव मूल समिति संयोजक गणेश कुमार खातीका अनुसार गोलाप्रथाबाट छानिएका दर्शकमध्ये दैनिक १० जनालाई पानी खाने ‘टमब्लर’ र अन्य १० जनालाई नि:शुल्क आइएलटिएस/पिटिइ पढ्ने व्यवस्था मिलाइएको छ ।

टिकटले निम्त्याउने फोहोर व्यवथापन गर्न र टिकट काट्ने भाग्यशाली दर्शकलाई पुरस्कृत गर्न ‘टिकट बकेटमा, पुरस्कार पकेटमा’ योजना ल्याइएको महोत्सवका प्रचार-प्रसार संयोजक विष्णुप्रसाद पोखरेलले जानकारी दिए । पुरस्कृत हुनका लागि दर्शकले टिकट काटेर भित्र प्रवेश गरेपछि टिकटको पछाडि आफ्नो नाम, ठेगाना र सम्पर्क नम्बर लेखेर तोकिएको ‘बकेट’ मा खसाल्नुपर्नेछ । हरेक दिन बालबालिका/जेष्ठ नागरिक वा कुनै स्वतन्त्र व्यक्तिको सहयोगमा गोलाप्रथा गरी विजेता छनोट गरिने संयोजक पोखरेलले बताए ।

यो पुरस्कारको व्यवस्था ‘एबिसी ग्लोबल एजुकेशन कन्सल्टेन्सी’ ले गरेको आयोजकले जनाएको छ ।

देवदह-२ स्थित सूर्या इन्डष्ट्रिज मुख्य प्रायोजक रहेको महोत्सवको टिकट प्रायोजक एबिसी ग्लोबल एजुकेशन कन्सल्टेन्सी रहेको छ ।

महोत्सवमा देवदह क्षेत्रको कृषि, उद्यम, हस्तकला, पहिचान र पर्यटनको सम्भावनालाई उजागर गर्ने लक्ष्य राखिएको छ ।

महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति, विज्ञान प्रदर्शनी, सिङ्गिङ आइडल, डान्सिङ स्टार, लोक भजन प्रतियोगिता, विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता, जलपरी अवलोकन, बाल उद्यान र आकर्षक सेल्फी तथा टिकटक जोनहरू रहने जनाइएको छ ।

स्थानीय तथा सांस्कृतिक खानाका परिकारसहित २५० वटा स्टल रहने मेलामा १० करोड रुपैयाँभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको आयोजकको भनाइ छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो