‘संमृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने मूल नाराका साथ शुरु भएको १६ औं राष्ट्रिय औधोगिक प्रर्दशनी, कृषि, प्रविधि तथा पर्यटन महोत्वस–२०८२ मा दर्शकको भिड बढ्दै गएको छ । विभिन्न जिल्ला तथा स्थानबाट दर्शकहरु प्रर्दशनी अवलोकन गर्न आएका छन । विशेषगरी स्वदेशी उद्योगमा उत्पादन भएका उत्पादित वस्तुु तथा सेवाको प्रर्दशनी भएकोले पनी कुन कुन वस्तुहरु देख्न पाईन्छ भन्ने चासोले पनी दर्शकहरुलाई पर्दशनी स्थल सम्म तानेको छ ।
औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले व्यवस्थापन गरेको फोटो प्रदर्शनीमा पत्रकारिता, उद्योग, पर्यटन, वातावरण र संस्कृतिलाई फोटो प्रर्दशनीको रुपमा देखाईएको छ । रुपन्देही उद्योग संघको आयोजनामा पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलमा आयोजना भएको १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी भित्र राखिएका पुराना क्यामेरा, टाइपराइटर, प्रेस उपकरण, ऐतिहासिक फोटो, प्रकाशित पत्रिका र अभिलेख सामग्रीले नेपाली पत्रकारिताको विकास यात्रा मात्र देखाएको छैन, समाज परिवर्तनमा मिडियाको भूमिकालाई पनि जीवन्त रूपमा प्रस्तुत गरेको पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले बताए ।
यता महोत्सवको अर्को आकर्षण भनेको कलाकारहरुको प्रस्तुतिमा रहेको छ । स्थानिय तथा राष्ट्रिय गायकगायीकाहरुले आफ्नो प्रस्तुति दिदै आएका छन । राष्ट्रिय कलाकारमा अर्जुन सापकोटा, पूर्णकला बिसी, रमेश भट्टराई, हेमन्त शर्मा, भुमिका गिरी, रामचन्द्र काफ्ले, बन्दना पाण्डे, लगायतका कलाकारले आफ्नो प्रस्तुती देखाईसकेका छन्। त्यस्तै स्थानिय कलाकारमा विधान कार्की, बर्षा थापा, संगिता चितौरे, राम प्रसाद पाण्डे, शिला गुरुङ्ग, श्रीकृष्ण अर्याल, रितु थापा, बसन्त लम्साल, दिपक दर्लामी, सिता राना, मधु परियार र विष्णु सिंजालीले आफ्नो प्रस्तुती दिईकेका छन ।

रुपन्देही उद्योगशुरु भएको प्रदर्शनीमा विभिन्न विधाका १० वटा पेभिलियनहरु निर्माण गरिएको छ। प्रदर्शनीमा ३९ जिल्लाबाट स्टल सहभागिता रहेको छ। यी सबै स्वदेशी उद्योगहरु मात्रै रहेका् रुपन्देही उद्योग संघका उपाध्यक्ष युवराज आचार्यले बताए। स्वदेशी उत्पादनको प्रदर्शन र बजारीकरण गर्ने मुख्य उद्देश्यका साथ सञ्चालन हुने प्रदर्शनीमा ८ लाख दर्शकले अवलोलकन गर्ने र ३० करोडको आर्थिक कारोवार हुने लक्ष्य राखिएकोमा पाँचौ दिनसम्म झण्डै तिन लाख दर्शकले प्रर्दशनी अवलोकन गरेको प्रर्दशनी प्रबन्धक यादव भण्डारीले जानकारी दिए।
प्रदर्शनीलाई मनोरञ्जनात्मक बनाउन लोकदोहोरी प्रतियोगिता, नेपालका ख्याति प्राप्त आधुनिक गायक गायिका, हास्य कलाकार, ब्याण्डहरुको सांगीतिक कार्यक्रम, विद्यालयस्तरीय लोकनृत्य तथा वक्तृत्वकला प्रतियोगिता, प्रदर्शनी आइडल, भजन प्रतियोगिता लगायतका प्रतियोगिताहरु रहेको सांस्कृतिक उपसमितिका संयोजक लालप्रसाद बस्यालले जानकारी दिए।
प्रदर्शनीमा प्रविधिबारे जानकारी दिने, उद्योगी र उपभोक्ताहरूको सोझो सम्पर्कको स्थापना गर्ने, उत्पादित बस्तुहरूको बजार प्रवद्र्धन र प्रतिस्पर्धाको विकास गर्ने, उद्योगीहरूका बीचमा समस्या, अवसर र चुनौतीबारे अन्तरक्रिया गर्ने, सूचना र प्रविधिको विकास, विस्तार र आदान–प्रदान गर्ने, पर्यटन क्षेत्रको विकास, सान्दर्भिक गोष्ठी, अन्तरक्रिया र कार्यशालाको आयोजना गर्ने,अवलोकनकर्ता र उपभोक्ताहरूको सुझावहरूको संकलन गरिने गोष्ठी उपसमिति संयोजक डिल्लीनारायण पाण्डेले बताए।



