'कारोबारसँगै घट्यो सेयर बजार'

४ महिना अगाडि

सोमबार सेयर बजारको परिसूचक नेप्से १३.८८ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से २५८१ अंकमा झरेको छ ।

आज दिनभरजसो बजार रातो रह्यो । कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ४ अर्ब ५२ करोडको कारोबार भएकोमा आज ३ अर्ब ५१ करोडको भयो ।

जम्मा ५४ कम्पनीको मूल्य बढ्दा २ सयको घट्यो भने ५ को स्थिर रह्यो । व्यापारबाहेक सबै समूहका सूचक घटेका छन् । व्यापार ०.५७ प्रतिशत घट्यो ।

जीवन बीमा १.०१, होटल तथा पर्यटन १.२६ प्रतिशत घटे । बैंकिङ ०.३५, विकास बैंक ०.३७, फाइनान्स ०.१५, हाइड्रोपावर ०.६६, लगानी ०.९७, उत्पादन तथा प्रशोधन ०.३२, माइक्रोफाइनान्स ०.४५, निर्जीवन बीमा ०।४५ तथा अन्य ०.६९ प्रतिशत घटे ।

एउटा कम्पनी एसवाई प्यानलको मूल्य १० प्रतिशत बढ्यो । सीवाईसी लघुवित्तको ५.९०, पियोर इनर्जीको ५.८७ तथा हिमालयन पावर पार्टनरको ३.५२ प्रतिशत मूल्य बढ्यो ।

मानुषी लघुवित्तको मूल्य सबैभन्दा धेरै ६.८४ प्रतिशत घट्यो । त्यस्तै लक्ष्मी लघुवित्तको ५.५८, स्वस्तिक लघुवित्तको ५.५१ तथा तेह्रथुम पावरको ५.२० प्रतिशत मूल्य घट्यो ।

आज धेरै कारोबार भएका कम्पनीमा लुम्बिनी विकास बैंक, सन नेपाल लाइफ इन्स्योरेन्स, मञ्जुश्री फाइनान्स, हिमालयन पावर पार्टनर तथा सिटिजन लाइफ इन्स्योरेन्स क्रमशः अगाडि रहे ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो