'तराई क्षेत्रमा गर्मी बढ्दै, तीन दिनसम्म तातो हावा चल्ने'

२ वर्ष अगाडि

नेपालको तराई क्षेत्रका जिल्लामा गर्मी बढ्दै गएको छ ।

अबको तीन दिनसम्म गर्मी उच्च हुने अनुमान छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुग्ने अनुमान छ ।

ती क्षेत्रका बासिन्दालाई गर्मीबाट बच्ने उपायहरु अपनाउन मौसमविद्को सल्लाह छ ।

मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन निकालेर अबका तीन दिनसम्म तातो हावा तथा तातो हावाको लहर सम्भावना रहेको जनाएको छ । आज कोशी प्रदेशसहित पहाडी क्षेत्रका एक, दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

अरु बाँकी क्षेत्रमा आजको मौसम सफा नै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी प्रदेशसहित बाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रको एक–दुई ठाउँहरूमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

नेपालमा स्थानीय वायु, पश्चिमी वायु र न्यून चापीय प्रणालीको आंशिक प्रभाव परेपनि ‘रेमल’ चक्रवातको प्रभाव कम हुँदै गएको र पानी पर्ने क्रम कम हुँदै गएको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो ।

पानी पर्नेक्रम घटेसँगै काठमाण्डौ उपत्यका र पहाडी क्षेत्रमा पनि तापक्रम बढ्दो क्रममा छ । काम नपरी घरबाट ननिस्कन, शीतलमा बस्न, बेला बेला पानी र सर्वत तथा फलफूलको जुस पिउन मौसमविद्को सुझाव छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

क्लिनिकको चरम लापरवाहीले गर्ववती महिलाको मृत्यु, तिनदिन देखि शव अस्पतालमै

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय