'कोलिय देवदह बचत तथा ऋण सहकारीद्वारा ६८ जना जेष्ठ सदस्यको घरमै स्वास्थ्य परीक्षण'

५ महिना अगाडि

गोविन्द घर्ती, देवदह  । कोलिय देवदह बचत तथा ऋण सहकारी संस्थाले जेष्ठ सदस्यहरुको स्वाथ्य परिक्षण गरेको छ । ८० बर्ष भन्दा माथिका संस्थाका ६८ जना जेष्ठ सदस्यको घरमै पुगेर स्वास्थ्य परिक्षण गरिएको व्यवस्थापक विनोद पराजुलीले जानकारी दिनु भयो ।

संस्थाको २१ औं स्थापना दिवसको अवसरमा जेष्ठ सदस्यहरुको स्वास्थ्य परिक्षण गरिएको व्यवस्थापक पराजुलीले जानकारी दिनु भयो । जाडोयाम शुरु भएसंगै जेष्ठ सदस्यहरुको स्वास्थ्यमा समस्या आउने हुदा स्वास्थ्य परामर्श दिने उदेश्यका साथ अभियान संचालन गरिएको जानकारी दिनु भयो । खैरेनी सेवा केन्द्रका २६ जना, शितलनगर सेवा केन्द्रको १९ जना, ढेकावर सेवा केन्द्रको ६ जना, घोडाहा सेवा केन्द्रको ३ जना, शंकरपुर सेवा केन्द्रको २ जना, तारापुञ्ज सेवा केन्द्र भलुहीको ९ जना, देउराली सेवा केन्द्र तिलोत्तमाको १ जना र युवा संगम सेवा केन्द्र सियारीको २ जना गरी ६८ जना जेष्ठ सदस्यहरुको स्वास्थ्य परिक्षण संगै स्वास्थ्य परार्मश दिएको व्यवस्थापक पराजुलीले जानकारी दिनु भयो । जेष्ठ सदस्यहरुको सुगर, प्रेसर परिक्षण संगै स्वास्थ्य परार्मश दिएको उहाले जानकारी दिनु भयो ।

जेष्ठ सदस्यहरुको स्वास्थ्य परिक्षण अभियानमा देवदह नगरपालिकाको स्वास्थ्य शाखा र देवदह मेडिकल कलेज भलुहीले प्राविधिक सहयोग गरेको सहव्यवस्थापक बृद्धिसागर अर्यालले जानकारी दिनु भयो । देवदह नगरपालिका स्वास्थ्य शाखाका रेशमबहादुर सुना, उत्तम वस्याल तथा देवदह मेडिकल कलेजका अमृत पाण्डेको टोलीले जेष्ठ सदस्यहरुको स्वास्थ्य परिक्षण गरिएको अर्यालले जानकारी दिनु भयो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

क्लिनिकको चरम लापरवाहीले गर्ववती महिलाको मृत्यु, तिनदिन देखि शव अस्पतालमै

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय