'देवदह–४ स्थित शहरी स्वास्थ्य केन्द्रमा सुरक्षित गर्भपतन सेवा सुरु'

५ महिना अगाडि

देवदह । देवदह–४ भवानीपुरस्थित शहरी स्वास्थ्य केन्द्रमा सुरक्षित गर्भपतन सेवा औपचारिक रूपमा सुरु गरिएको छ। झन्डै एक वर्षको निरन्तर प्रयासपछि उक्त सेवा सूचिकृत भई आजदेखि नियमित रूपमा प्रदान गर्न लागिएको केन्द्रका इन्चार्ज मेघनाथ न्यौपानेले जानकारी दिए।

उद्घाटन कार्यक्रममा बोल्दै देवदह–४ का वडा अध्यक्ष तथा शहरी स्वास्थ्य केन्द्र संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष दमननाथ रेग्मीले सुरक्षित गर्भपतन सेवाको सुरुवातले स्थानीयवासीलाई महत्वपूर्ण स्वास्थ्य सुविधा प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले सिमित स्रोत र साधनका बाबजुद पनि न्यायोचित बजेट विनियोजन गर्दै कार्यक्षेत्रभित्र परेका योजनालाई भन्दा पनि बढी काम गर्न सफल भएकोमा खुसी व्यक्त गर्नुभयो। साथै आगामी वर्षहरूमा पनि स्वास्थ्य क्षेत्रमा प्राथमिकताका साथ बजेट छुट्याइने प्रतिबद्धता जनाउनुभयो।

सोही अवसरमा समितिका सदस्य लिलाबल्लभ भट्टराईले नयाँ सेवाको शुभारम्भले स्वास्थ्य केन्द्रलाई थप उकृष्ट बनाउन सहयोग पुग्ने बताउनुभयो। छोटो समयमा ठूलो उपलब्धि हासिल गर्न सबैको सामूहिक प्रयास प्रभावकारी भएको उल्लेख गर्दै उहाँले निकट भविष्यमा प्रयोगशाला सेवा विस्तार गर्न सके नागरिकले अझ धेरै सुविधा पाउने बताउनुभयो। त्यसका लागि समिति र व्यक्तिगत रूपमा आफूले आवश्यक पहल गर्ने प्रतिवद्धतासमेत व्यक्त गर्नुभयो।

कार्यक्रमका क्रममा एक जना स्वयंसेविका, स्वास्थ्यकर्मी तथा कार्यालय सहयोगीलाई सम्मान समेत गरिएको थियो।

नयाँ सेवाको सुरुवातसँगै देवदह–४ का स्थानीयवासीले अब नजिकैबाट सुरक्षित, भरपर्दो र व्यवस्थित गर्भपतन सेवा प्राप्त गर्न सक्ने भएका छन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

क्लिनिकको चरम लापरवाहीले गर्ववती महिलाको मृत्यु, तिनदिन देखि शव अस्पतालमै

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय