'अर्घाखाचीमा मोटर साईकल दुर्घटनामा परि २ जनाको मृत्यु, १ जना घाईते'

६ महिना अगाडि

अर्घाखाँचीको दुर्गाफाटमा मोटरसाईकल दुर्घटनामा परि २ को मृत्यु भएको छ भने एकजना घाइते भएका छन ।

प्रहरी चौकी खिदिमका अनुसार सोमवार साझ करिव ८ बजेको समयमा पाणीनी गाउपालिका–३ दुर्घाफाटमा निगाली बाट दुर्घाफाट तर्फ आउदै गरेको ना ३६ प ३५०९ नंम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुदा
दुईजनाको घटनास्थलमै मृत्यु भएको छ भने एकजना घाईते भएका छन ।

घाईतेलाई उपचारको लागी जिल्ला अस्पताल सन्धिखर्क पठाईएकोमा थप उपचारको लागि पाल्पा पठाएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा मोटरसाईकल चालक अर्घाखाँची पाणीनि ४ निगालीका १८ बर्षिय गौतम बिक र सोही स्थानका २४ बर्षिय सागर बि.क. रहेका छन ।

घाईते २५ बर्षिय को सन्तोष घर्ती रहेको प्रहरीले जनाएको छ ।  मोटरसाईकलमा तिन जना सवार रहेको र ओभर स्पिडमा हुदा अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

क्लिनिकको चरम लापरवाहीले गर्ववती महिलाको मृत्यु, तिनदिन देखि शव अस्पतालमै

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय