'वर्षाका कारण पूर्वपश्चिम राजमार्गको दाउन्नेमा सडक अवरुद्ध'

६ महिना अगाडि

वर्षाका कारण नारायणघाट–बुटवल सडकको दाउन्ने खण्ड अवरुद्ध भएको छ ।

सडक मर्मतका लागि एकतर्फी बनाइएको यो सडक आज बिहानदेखिको वर्षाका कारणले अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मधु नेपालले बताए ।

विहान देखी परेको वर्षाले दाउन्ने स्थित विश्वकर्मा मन्दिर र घ्युखोलामा सडक अवरुद्ध भएको हो । बिहानैदेखि परेको पानीका कारण बाटो हिलो र चिप्लो हुँदा सवारीसाधन पश्चिमतर्फ जान सकेका छैनन् ।

नेपालमा हाल बंगालको खाडी र अरब सागरमा विकसित भएको चक्रवातको प्रभाव परेको छ । जस कारण देशका धेरै ठाउँमा वर्षा भइरहेको छ ।

कोशी प्रदेश र मधेश प्रदेशका केही ठाउँमा आज र भोलि शुक्रबार भारी वर्षा हुने प्रक्षेपणसमेत गरिएको छ । ठूलो वर्षा हुने भएकोले सतर्कता अपनाउन सरोकारवालाहरुले आग्रह गरेका छन् ।

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

क्लिनिकको चरम लापरवाहीले गर्ववती महिलाको मृत्यु, तिनदिन देखि शव अस्पतालमै

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय