'आज देखि भैरहवामा पुन: उडान शुरू गर्दै थाइ एयर एशिया'

६ महिना अगाडि

थाइ एयर एशियाले आज आइतबार देखि भैरहवामा पुन: उडान शुरू गर्ने भएको छ ।

आइतबार र बुधबार गरि सातामा २ पटक बैंकक-भैरहवा-बैंकक उडान हुन लागेको हो । थाइ एयर एशियाको जहाज आइतबार दिउँसो सवा १२ बजे गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यतालिका छ ।

सवा १ बजे भैरहवाबाट बैंकक प्रस्थान गर्ने तालिका रहेको विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतले जानकारी दिए ।

थाइ एयर एशियाले गत वर्ष पनि विन्टर सेड्युलमा उडान गरेको थियो ।

तर, चैतबाट उडान रोकिएको थियो । कात्तिकबाट फेरि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा थाइ एयर एशियाले उडान शुरू गर्न लागेको हो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

क्लिनिकको चरम लापरवाहीले गर्ववती महिलाको मृत्यु, तिनदिन देखि शव अस्पतालमै

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय