'जेनजी आन्दोलनमा बानेश्वरको बैंक लुटेर बुलेट बाइक खरिद'

६ महिना अगाडि

जेनजी आन्दोलनमा नयाँ बानेश्वरमा रहेको राष्ट्रिय वाणिज्य बैंक लुटपाट गरेर बुलेट मोटरसाइकल खरिद गरेको खुलेको छ ।

बैंक लुटपाट आरोपमा समातिएका दोलखाका २७ वर्षीय दीपक श्रेष्ठलाई पक्राउ गरेर अनुसन्धान गर्दा लुटेको रकमले बुलेट मोटरसाइकल खरिद गरेको खुलेको हो । जुन कुरा श्रेष्ठले प्रहरी समक्षको बयानमा स्वीकारसमेत गरेका छन् ।

बैंकबाट आफूले २ लाख ५० हजार मात्रै लगेको दाबी गरेका छन् । उक्त रकममा १ लाख ७२ हजार थप गरी ४ लाख २२ हजारमा रातो रंगको बुलेट मोटरसाइकल खरिद गरेको उनले स्वीकारेका छन् ।

श्रेष्ठले बैंकबाट उक्त रकमका साथै ३ थान सुनका बाला, १ थान बेरुवा औठी, गणेशको लकेट भएके १ थान सिक्रि लगेको बताएका छन् ।

श्रेष्ठका साथै अर्का एक नाबालकलाई पनि प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदातलमा मुद्दा दायर गरेको छ ।

बानेश्वरको यो शाखाबाट मात्रै ३८ करोड ४० लाख रुपैयाँ बराबर लुटपाट भएको थियो । बैंकबाट १७ हजार ९ सय ४५ ग्राम सुन र ५ करोड १५ लाख रुपैयाँ नगद लुटिएको छ । श्रेष्ठबाट केही सुन बरामद भए पनि अरु सुन र रकमबारे केही खुल्न सकेको छैन ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

क्लिनिकको चरम लापरवाहीले गर्ववती महिलाको मृत्यु, तिनदिन देखि शव अस्पतालमै

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय