'जेनजी आन्दोलनमा प्रहरी हत्या, आगजनी र तोडफोडमा संलग्नमध्ये ४ जना पुर्पक्षका लागि थुनामा'

६ महिना अगाडि

भदौ २३ र २४ को जेनजी आन्दोलनका क्रममा विभिन्न किसिमका अपद्रव तथा आपराधिक गतिविधिमा संलग्नमध्ये ४ जना पुर्पक्षका लागि जेल चलान भएका छन् ।

१२ जनामाथि जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमै राखेर अनुसन्धान चलिरहँदा पक्राउ परेका ८२ जना हाजिर जमानीमा छुटेका छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार प्रहरी हत्यामा संलग्न युवराज क्याप्छाकी र बुद्धिमान थिङ (सेनाम तामाङ) लाई जिल्ला अदालत, काठमाडौंले शुक्रबार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । उनीहरु सुन्धारास्थित केन्द्रीय कारागार, जगन्नाथदेवल चलान भएका छन् ।

काभ्रेको रोशी गाउँपालिका– ९ राजबास घर भई काठमाडौंको बालुवाटारमा डेरा गरी बस्ने वर्ष २८ का क्याप्छाकी र मकवानपुरस्थ्ति थाहा नगरपालिका– ७ बतासे घर भई काठमाडौँको चन्द्रागिरीमा डेरा गरी बस्ने २१ वर्षीय सोनाम भन्ने थिङले २४ गते महारागञ्जमा दुई प्रहरीको हत्यामा संलग्न रहेको साविती बयान दिएका थिए ।

प्रहरीस्रोतका अुनसार प्रहरी जवान उत्तम थापालाई महाराजगञ्ज प्रहरी बृत्तबाट लखेट्दै भाटभटेनीको पर्खालमा लगेर कुटपिट गरेको बयान दिएका थिए । कुटाईबाट अचेत भएपछि उनलाई घिसारेर मुख्य सडकमा लगिएको र अन्य व्यक्तिले पनि थप कुटपिट गर्दा उनको ज्यान गएको स्वीकारेका थिए ।

दुबैका विरुद्ध प्रहरीले ज्यानसम्बन्धी मुलुकी फौजदारी अपराध संहिताको दफा १७७ अन्तर्गतको कसुरमा जन्मकैदको सजाय मागदाबी गरेको छ ।

प्रहरी वृत्त, जनसेवा (न्यूरोड) तथा आसपासमा रहेका विभिन्न भवनमा तोडफोड र आगजनी गरी भौतिक क्षति पुर्‍याउने दुई भारतीय नागरिकलाई पनि जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ । २४ गतेको उपद्रवमा सक्रिय रहेका भारतीय नागरिक निरज पोदार र रोहित सरावगी बिहीबार कारागार चलान भएको प्रवक्ता एसपी भट्टराईले बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

क्लिनिकको चरम लापरवाहीले गर्ववती महिलाको मृत्यु, तिनदिन देखि शव अस्पतालमै

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय