गुल्मीको मदाने गाउँपालिका–५ झ्यानपानीमा चट्याङ लाग्दा एक बालिकाको मृत्यु भएको छ भने उनका बाबु–आमा घाइते भएका छन् ।
मदाने–५ का २३ वर्षीय नेर सिंह विक, उनकी श्रीमती २२ वर्षीया सुन्तली र उनीहरुको चार वर्षीया छोरी रियासा बुधबार राति घरमा सुतिरहेको बेला चट्याङ लागेको थियो ।
चट्याङ लागेर रियासाको घटनास्थलमै मृत्यु भएको र उनका बाबु–आमा घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाहादुर सारुले बताए ।
घाइतेहरुलाई स्थानीय मेडिकल मलागिरीमा प्रारम्भिक उपचार गरिएको र थप उपचारका लागि जिल्ला अस्पताल प्यूठानमा पठाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0