बुटवल । एस आइ ग्लोबल/एस आई यु.के(स्टडी इन) ले बुटवलमा बृहत शैक्षिक मेला तथा परामर्श कार्यक्रम गर्ने भएकाे छ ।
विगत दुई दशक देखि नेपाल लगायत विश्वभर शैक्षिक परामर्श क्षेत्रमा अग्रणी भुमिका निर्वाह गर्दै आएको एस आइ ग्लोबल/एस आई यु.के (स्टडी इन) ले यही असार १५ गते बृहत शैक्षिक मेला तथा परामर्श कार्यक्रमको आयोजना गर्ने भएको हाे ।
२०८२ असार १५ तद अनुसार जुन २९ गते आइतबार स्टडी इनकाे बुटवल शाखा कार्यालय मिलनचोकमा बिहान १० बजे देखि साँझ ५ बजे सम्म हुने कार्यक्रममा विभिन्न देशका विश्वविद्यालयका प्रतिनिधिहरु, अन्तरास्ट्रिय स्तरमा अध्ययन गर्न चाहने विद्यार्थी, अभिभावक र एस आइ ग्लोबल/एस आई यु.के (स्टडी इन)मा कार्यरत उच्च श्रेणीका कर्मचारीहरुको पनि उपस्थिति रहने आयोजकले जनाएकाे छ ।
लामो समय देखि नेपाल लगायत विश्वभरी नै शैक्षिक परामर्शकाे क्षेत्रमा अग्र स्थानमा रहेर काम गरिरहेको एस आइ ग्लोबल/एस आई यु.के(स्टडी इन) ले विभिन्न देशका विश्वविद्यालयका प्रतिनिधिहरुको उपस्तिथिमा शैक्षिक मेला तथा परामर्श कार्यक्रम आयोजना गर्ने भएको हो।
सो अवसरमा उच्च शिक्षा हासिल गर्न इच्छुक बिद्यार्थीका निम्ति अन्तरास्ट्रिय स्तरमा त्यसको विधि र प्रक्रियाको बारेमा जानकारी कलेज तथा विश्वविद्यालय (युनिभर्सिटी)का प्रतिनिधिमार्फत सिधै परामर्श लिन सक्नेछन । मेलामा बुटवल लगायत पाल्पा, स्याङ्जा, अर्घाखाँची, कपिलवस्तु, नवलपरासी लगायतका छिमेकी जिल्लाबाट विद्यार्थी तथा अभिभावकले सहभागिता जनाउन सक्ने एस आइ ग्लोबल/एस आई यु.के(स्टडी इन) संस्थाका बुटवल शाखा प्रवन्धक सन्तोष भण्डारीले जानकारी दिनुभयो।
मेलामा विद्यार्थीले अध्ययन गर्न जाने देशका भाषा, कलासंस्कृति , ऐन कानुनकाे बारेमा जानकारी लिन सक्ने स्टडी इनका नेपाल निर्देशक बिनय अधिकारीले जानकारी दिनुभयो ।
साथै कार्यक्रममा क्षेत्रीय निर्देशनालय दिल्ली लगायत अन्य उच्च श्रेणीका कर्मचारीहरुको पनि उपस्थिति रहने कार्यक्रममा उपस्थित हुने विधार्थीहरुलाई परामर्शको साथमा आवश्यक शैक्षिक सामाग्रीहरुको उपलब्ध गराईने पनि अधिकारीले जानकारी दिनुभयो ।
कार्यक्रम स्टडी इनकाे बुटवल शाखा कार्यालय मिलनचोकमा विहान १० बजेदेखी साँझ ५ बजेसम्म संचालन हुनेछ ।
संगै एस आइ ग्लोबल/एस आई यु.के(स्टडी इन)ले शैक्षिक मेला तथा परामर्श लाइ अभियानकाे रूपमा असार १३ गते काठमाणडाैं, १४ गते पाेखरा, १५ गते बुटवल र १६ गते चितवनमा समापन गर्ने जनाएकाे छ ।

