'बाढीपहिराेले भएकाे क्षतिप्रति पाकिस्तानी प्रधानमन्त्रीले भने आवश्यक सहयोग गर्न तयार छु'

२ वर्ष अगाडि

पाकिस्तानी प्रधानमन्त्री शेहनबाज सरिफले नेपालमा पछिल्लो वर्षातले गरेको विनाश र जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री शेहबाज सरिफले बाढीका कारण अमूल्य जीवन गुमाउनुपरेकामा गहिरो दुःख व्यक्त गर्दै प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली जनताप्रति पाकिस्तान सरकार र आफ्नो देशका जनताको तर्फबाट सहानुभूति प्रकट  गरेका छन् ।

सरिफले २ वर्षअघि आफ्नो देशले यस्तै बाढीबाट ठूलो क्षति भोग्नुपरेको स्मरण गर्दै पाकिस्तानले यो अवस्थामा नेपालसँग ऐक्यवद्धता जाहेर गर्दै आवश्यक सहयोगको लागि तयार रहेकाे बताएका छन् ।

केही दिनअघिमात्र न्युयोर्कमा दुई प्रधानमन्त्रीबीच वार्ता भएको थियो ।

आज नेपालका प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो  विदेश भ्रमण सकेर नेपाल फर्किने कार्यतालिका रहेकाे छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

क्लिनिकको चरम लापरवाहीले गर्ववती महिलाको मृत्यु, तिनदिन देखि शव अस्पतालमै

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय