'तराई क्षेत्रमा बिहीवारसम्म पानी पर्ने सम्भावना कम (विज्ञप्तीसहित)'

२ वर्ष अगाडि

देशका लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रका केही ठाउँमा अत्यधिक गर्मी कायमै छ ।

ती क्षेत्रमा विगत केही दिनदेखि नै अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा बढी मापन गरिएको छ ।

आज र भोलि पनि पश्चिम तराई क्षेत्रमा मौसम सफा रहने अनुमान छ । मौसम सफा हुँदा अत्यधिक गर्मीको सम्भावना कायमै रहेको, केही दिनदेखि तातो हावा चलेको हुँदा आवश्यक तयारी तथा सतर्कता अपनाउन मौसमविद्को सल्लाह छ ।

कृषि मौसम सल्लाह बुलेटिनकाअनुसार देशका पश्चिमी क्षेत्र लुम्बिनी र सुदूरपश्चिमको तराई क्षेत्रमा यो हप्ताभरी नै पानी पर्ने सम्भावना निक्कै कम छ । अर्थात् आजदेखि आउँदो बिहीवारसम्म पश्चिम तराईमा पानी पर्ने सम्भावना कम छ ।

हप्ताको मध्य र अन्तिमतिर गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रका एकरदुई ठाउँमा साथै कोशी, मधेश र बाग्मतीको थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका पहाडी क्षेत्रमा थोरै ठाउँमा भने यो हप्ता पनि मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित पानी पर्ने सम्भावना छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज कोशी, मधेस, बाग्मती र गण्डकी प्रदेशसहित पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी र बाग्मतीका थोरै ठाउँ तथा बाँकी पहाडी भागका एकरदुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

नेपालमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको उत्तर प्रदेशदेखि बङ्गगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ । यसपाली मनसुनमा भने सरदर भन्दा धेरै वर्षाको सम्भावना छ ।

सम्भावित जोखिम न्यूनिकरणका लागि कृषि कर्म गर्दा पूर्वतयारी गर्न किसानलाई कृषि विज्ञको सल्लाह छ । धानबालीको तयारीमा रहेका किसानलाई सुख्खा र डुबान सहन सक्ने गरि सिफारिस गरिएका धानका जातहरु छनोट गर्न सल्लाह छ । किसानले ठाउँअनुसार सिफारिस गरिएका धानका उन्नत जातको छनोट गर्न सक्नेछन् ।

कृषि मौसम सल्लाह बुलेटिन नेपाल कृषि अनुसन्धान परिषद् नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा तयार पार्छ ।

बुलेटिनले हप्ताको शुरु शुक्रवार र शनिवार, मध्य भन्नाले आइतवार, सोमवार र मङगलवार तथा अन्त्य भन्नाले बुधवार र बिहीवारलाई जनाउँछ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

क्लिनिकको चरम लापरवाहीले गर्ववती महिलाको मृत्यु, तिनदिन देखि शव अस्पतालमै

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय