आज देशका पहाडी क्षेत्रको मौसम आंशिक बदली छ। मौसमविद् सञ्जिव अधिकारीकाअनुसार आज देशभर नै मौसम सामान्य बदलीको सम्भावना छ ।
अहिले बदली रहेका पहाडी क्षेत्रसहित कोशी, लुम्बिनी र मधेश प्रदेशका केही ठाउँमा मेघगर्जन, चट्याङ र हुरीबताससहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमपूर्वानुमान महाशाखाले जनाएको छ ।
तराईमा पनि केही शीतल महसुस हुनेछ । अरु बाँकी ठाउँमा मौसम सफा नै छ । अहिले नेपालमा स्थानीय र पश्चिमी वायुका साथै विहार आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0