'तिन देखी लगातार परेको झरी रोकियो, आज देखी मौसममा सुधार'

३ वर्ष अगाडि

काठमाण्डाै । लगातारको झरी रोकिएको छ । देशका धेरै ठाउँमा लगातार तीन दिनदेखि परेको झरी रोकिएको छ । गएरातिदेखि नै मौसममा सुधार देखिएको मौसमविद् गोविन्द झाले जानकारी दिनुभयो ।

झरी रोकिएसँगै देशका धेरै ठाउँमा घाम लागेको छ । अब तत्काललाई ठूलो वर्षाको सम्भावना नरहेको मौसमविद् झाले बताउनुभयो । मनसुनी प्रणाली कायमै रहेकाले बेलुकीपख भने केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज कोशी, बाग्मती र गण्डकी प्रदेशका थोरै ठाउँमा र बाँकी प्रदेशका एक/दुई ठाउँमा बेलुकीपख मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको अनुमान गरिएको छ । झरी रोकिएसँगै किसानलाई राहत मिलेको छ । लगातारको झरीका कारण तराई क्षेत्रमा पाकेको धानमा नोक्सानी हुन थालेको थियो ।

तत्काल अब लगातार झरीको सम्भावना नरहेकाले घाम लागेका बेला धान काट्न किसानलाई विज्ञको सुझाव छ । यसपालि मनसुन लम्बिएको छ । गएको जेठ ३१ गते नेपाल भित्रिएको मनसुनको अवधि अक्टोबर २ तारिख अर्थात् गएको १५ गतेसम्म रहने भनिए पनि यसपालि लम्बिएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

क्लिनिकको चरम लापरवाहीले गर्ववती महिलाको मृत्यु, तिनदिन देखि शव अस्पतालमै

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय