'लियोद्वारा अन्तर क्लब मेहेन्दी प्रतियोगिता'

५ महिना अगाडि

देवदह // रुपन्देहीको देवदहमा लियो क्लब अफ लर्ड बुद्धद्वारा अन्तर क्लब मेहेन्दी प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिता सनिवार खैरेनी स्थित बि २५ कटेज एण्ड रेस्टुरेन्टमा भएको हो ।

साउन महिना महिला दिदिबहिनीहरुको लागी विषेश हुन्छ । हरियो चुरा सँगै साउन महिनामा हातभरि मेहन्दी लगाउने चलन पनि छ। हत्केलामा जति बढी गाढा मेहन्दीको रंग राख्यो, उति नै बढी श्रीमानको माया पाइन्छ भन्ने धार्मिक विश्वास गर्ने गरिन्छ । त्यसैले पनि क्लब भित्र मेहेन्दी प्रतियोगिता आयोजना गरेको कार्यक्रम संयोजक लियो अस्मिता पाण्डेले बताउनु भयो ।

प्रतियोगितामा सहभागी ६ समुहलाई पछि पार्दै पुजा सापकोटा प्रथम भएकी हुन् । उनी क्लबको बर्ष २०२१/०२२ को कोषाध्यक्ष पनि हुन । मेहेन्दी प्रतियोगिताको निर्णयकको भुमिका पवित्रा गोतामे र दिपा मगरले गर्नु भएको थियो ।

कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएको देवदह नगरपालिकाको उप-प्रमुख विद्या लक्ष्मी गुरुङले सम्भवत यो देवदह मै पहिलो कार्यक्रम भएको र यसले कल्बको महिला सदस्यहरुमा निकै राम्रो प्रभाव पर्ने बताउनु भयो । आगामी दिनमा यो कार्यक्रमलाई क्लब भित्र मात्र नभइ खुल्ला प्रतियोगिता गर्नी गरि तयारी गर्न आग्रह गर्नुभएको थियो । यो रचनात्मक कार्यक्रम आफुलाई पनि बोलाएकोमा खुसी हुँदै क्लबलाई धन्यवाद साथै आगामी दिनमा पनि सिंगो देवदह नगरपालिका र आफ्नो तर्फ बाट आउदा दिनहरुमा पनि साथ र सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रममा लायन्स कल्ब अफ बुटवल खस्यौलीका पुर्व अध्यक्ष एवं लायन्स क्लब इन्ट्र्नेसनलका जोन चेयर पर्सन राजु पौडेल,लायन्स कल्ब अफ बुटवल खस्यौलीका अध्यक्ष बिष्णु उपाध्यायल, लियो कल्ब अफ लर्ड बुद्धका संस्थापक अध्यक्ष दिपेस विक्रम मल्ल, पुर्व अध्यक्ष सन्दिप तिवारी लगाएतले बोलेका थिए ।

कार्यक्रममा नपाल बाल संघठन ,रुपन्देहीको जिल्ला उपाध्यक्ष अन्जु श्रेष्ठ, क्लबका पुर्व अध्यक्षहरु विजेन्द्रमान शाक्य, गोपाल पाण्डे , कमल ज्ञवाली र क्लबका पदाधिकारीहरुको उपस्थिति रहेको थियो। कार्यक्रम क्लबको अध्यक्ष लियो संकर पंगेनीको अध्यक्षता र क्लबका सचिव अभिषेक पौडेलको संचालनमा भएको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो

प्रधानमन्त्रीले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्ने

देवदह नगर अस्पतालको नवनिर्मित भवन उद्घाटन: नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य

आयल निगमलाई १५ दिनमा ७ अर्ब ८१ करोड घाटा

प्रधानमन्त्री कपमा आसिफ शेखको दोहोरो शतकको कीर्तिमानी

ललितपुरमा दाजुभाई मारेर हतियारसहित भागेका अपराधी पक्रिने प्रहरी जवान पुरस्कृत