'रुतुराजले हाने एकै ओभरमा 7 छक्का सहित 43 रन, कसरी भयो सम्भव ?'

३ वर्ष अगाडि

क्रिकेटलाई कीर्तिमानको खेल त्यसै भनिएको होइन । जहाँ हरेक बल र हरेक विकेटमा कीर्तिमान बनिरहेको छ । क्रिकेटमा कीर्तिमानहरु धेरै बन्छन्, तोडिन्छन् ।

क्रिकेटमा एक ओभरमा कूल ६ बल हुन्छ । ६ वटै बलमा छक्का हाने पनि जम्मा ३६ रन हुन्छ । तर के एकै ओभरमा ३६ रन मात्र बन्छ त ? तपाईँलाई विश्वास नलाग्न सक्छ । एकै ओभरमा ७ छक्का प्रहार गर्दै भारतीय क्रिकेटर रुतुगाज गायकवाडले नयाँ कीर्तिमान बनाएका छन् ।

विजय हजारे ट्रफीअन्तर्गत रुतुराजले महाराष्ट्रबाट खेल्दै उत्तर प्रदेशविरुद्ध एकै ओभरमा ७ छक्का प्रहार गर्दै कीर्तिमान बनाएका हुन् । विश्व क्रिकेट इतिहासमा ५० ओभरको खेलमा एकै ओभरमा ७ छक्कासहित ४३ रनको दुर्लभ कीर्तिमान बन्दा रुतुराज नायक बने ।

भारतको लिस्ट ए मान्यताप्राप्त एकदिवसीय यस प्रतियोगितामा रुतुराजले ४९औं ओभरमा उत्तर प्रदेशका बलर शिव सिंहलाई लगातार ७ छक्का प्रहार गरेका हुन् ।
रुतुराजले ७ छक्का प्रहार गर्दै आफ्नो दोहोरो शतक समेत बनाए । उनले १५९ बल खेल्दै १० चौका र १६ छक्का मद्दतमा अविजित २२० रन बनाए ।

ओपनिङ गर्दै अन्तिमसम्म ब्याटिङ गरेमा रुतुराजले ‘ब्याट क्यारी’ गरे ।

उनले चौथो विकेटका लागि अंकित काजीसँग १४६ रनको साझेदारी समेत गरे । कप्तानसमेत रहेका रुतुराजले दोहोरो शतक बनाएपछि महाराष्ट्रले ५ विकेट गुमाएर ३३० रन बनाएको छ । ३३१ रनको लक्ष्य पछ्याउँदै उत्तर प्रदेशले ब्याटिङ गरिरहेको छ ।

६ बलमा कसरी भयो ७ छक्का ?

रुतुराज गायकवाडले सुरुवाती चार बलमा लगातार छक्का प्रहार गरेका थिए । पाँचौ बलमा पनि उनले छक्का प्रहार गरे तर, त्यो नो बल भयो । त्यसमा महाराष्ट्रले १ रन अतिरिक्त पायो ।

पुनः फालिएको पाँचौ बलमा पनि उनले छक्का हानेपछि ६ छक्का भयो भने एक बल बाँकी नै थियो । अन्तिम बलमा पनि छक्का प्रहार गरेपछि रुतुराजले फेस गरेका ७ वटै बलमा छक्का प्रहार गर्दै ४२ रन बनाऐ । १ रन थपसहित उक्त ओभरमा महाराष्ट्रले ४३ रन जोड्यो ।

लिस्ट ए क्रिकेटमा एकै ओभरमा ४३ रन बनेको भने यो पहिलो पटक होइन् । रुतुराजको प्रदर्शनले महाराष्ट्रले एकै ओभरमा ४३ रन प्रहार गर्ने कीर्तिमान भने बराबरी गर्‍यो ।

यसअघि न्युजिल्याण्डको लिस्ट ए मान्यता प्राप्त प्रतियोगिता फोर्ड ट्रफीमा पनि एकै ओभरमा ४३ रन बनेको थियो । नर्दन डिस्ट्रिकका ब्रेट ह्याम्पटन र जोए कार्ट मिलेर सेन्ट्रल डिस्ट्रिक विरुद्ध ४३ रन जोडेका थिए ।

विलेम लुडिकले बलिङ गरेको उक्त ओभरमा ह्याम्पटन र कार्टर मिलेर ६ छक्का प्रहार १ चौका प्रहार गरेका थिए भने एक सिंगल रन लिएका थिए । उक्त ओभरमा लुडिकले दुई नो बल फालेका थिए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो

प्रधानमन्त्रीले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्ने

देवदह नगर अस्पतालको नवनिर्मित भवन उद्घाटन: नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य

आयल निगमलाई १५ दिनमा ७ अर्ब ८१ करोड घाटा

प्रधानमन्त्री कपमा आसिफ शेखको दोहोरो शतकको कीर्तिमानी

ललितपुरमा दाजुभाई मारेर हतियारसहित भागेका अपराधी पक्रिने प्रहरी जवान पुरस्कृत