'डिप्रेसनबाट पीडित र्‍यापरको झारफुक गर्ने क्रममा झाँक्रीले मुखमा झोसिदिए अगुल्टो'

३ वर्ष अगाडि

नवलपरासीको कावासोतीमा गत साता भएको एक अन्धविश्वासको घटनाले नेपाली हिपहप संगीत क्षेत्र स्तब्ध बनेको छ । अन्धविश्वासले नेपाली समाजलाई अझै पनि कति गाँजेको छ भन्ने दृष्टान्तका रुपमा नयाँ घटना सार्वजनिक भएको छ । डिप्रेसनबाट पिडित र्‍यापर हप्याक (मिलनजंग कुँवर) लाई विसेक पार्न भन्दै झाँक्री कहाँ पुर्‍याइयो । तर, उल्टै घाइते भएर फर्किए ।

टेलिभिजन रियालिटी शो ‘नेपहपको श्रीपेच’का प्रतिस्पर्धी र्‍यापर हप्याक (मिलनजंग कुँवर) लाई झारफुक गर्ने भन्दै झाँक्रीले मुखमा अगुल्टो झोसेपछि उनी घाइते भएका छन् ।
उक्त रियालिटी शोले शुक्रबार सामाजिक सञ्जालबाट सार्वजनिक गरेको उक्त घटनाको भिडियोमा र्‍यापर हप्याकमाथि आगो झोस्नेदेखि कुटपिट गरिएको देख्न सकिन्छ ।

यातना दिने झाँक्री र अन्यलाई पक्राउ गर्नुपर्ने, पीडित र्‍यापरलाई उपचार गर्नुपर्ने माग गदै नेपहपको श्रीपेचको टोली त्यसतर्फ लागेको छ । ‘यथार्थ बुझेपछि हामीले दोषीलाई कारवाही गर्न प्रहरीमा उजुरी दिनेछौं,’ निर्माता सुदीप पोखरेलले भने । पोखरेलका अनुसार उक्त घटनापछि र्‍यापर हप्याक बोल्ने अवस्थामा छैनन् । उनको मुख डढेको छ । प्रहरीमा उजुरी दिन ढिलाइ भएको भन्दै रियालिटी शोले दोषीलाई कानुनी कारवाहीको दायरामा ल्याउन दबाब दिने जनाएको छ ।

सामाजिक सञ्जालमा समेत पीडितलाई न्याय दिनुपर्ने माग उठिरहेको छ । साथै, दोषीलाई कारवाही गर्नुपर्ने माग हिपहप संगीत क्षेत्रले गरेको छ ।

नेपहपको श्रीपेचमा र्‍यापर हप्याक आफ्नो गायन शैलीबाट चर्चित थिए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

केरवानी खानेपानीको अध्यक्षमा दिपक पौडेल निर्वाचित

नक्कली जग्गाधनी खडा गरी नामसारी: ७ जनाविरुद्ध अख्तियारको मुद्दा

ई–बिडिङ ह्याक प्रकरणमा थप एक पक्राउ, पक्राउ संख्या १३ पुग्यो

ओमानसँग नेपाल १०२ रनले पराजित, डीएलएस मेथडले खेल टुंगियो

सुधन गुरुङमाथि चाँडै छानबिन सुरु हुने: रवि लामिछाने

नेप्सेमा दोहोरो गिरावट: २५.८१ अंकले घटेर २७४४ मा सीमित

वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ

दुई दिनमै सुनको भाउ ६ हजार रुपैयाँले घट्यो