'आज नेप्सेमा दोहोरो अंकको वृद्धि, ५१ करोड ६८ लाखको कारोबार'

३ वर्ष अगाडि

तिहार अगाडिको अन्तिम कारोबार दिन सेयर बजारमा परिसूचक नेप्से दोहोरो अंकले बढेर बन्द भएको छ । आइतबार बजार परिसूचक नेप्से १४ दशमलव ३५ अंक ९० दशमलव ७८ प्रतिशत ले वृद्धि भएर १८५८ दशमलव ४९ अंकमा बन्द भएको हो ।

‘क’ वर्गका कम्पनीलाई मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि २.८८ अंकले बढेर ३६५.९३ अंकमा बन्द भएको छ । नेप्सेसँगै अधिकांश उपसूचकमा वृद्धि हुँदा होटल तथा पर्यटन र म्युचुअल फण्ड उपसूचक भने घटेको छ ।

नेप्सेमा वृद्धि देखिए पनि कारोबार रकम हेर्दा भने लगानीकर्ता उत्साहित भएको देखिंदैन । आइतबार नेप्सेमा १५ लाख ३८ हजार ४२ कित्ता सेयर किनबेच हुँदा ५१ करोड ६८ लाख ३ हजारको कारोबार भएको छ । जसम्धये एभरेष्ट बैंकको सर्वाधिक ५ करोड १६ लाख ३३ हजारको कारोबार हुँदा नबिल बैंकको ३ करोड ३८ लाख ८० हजार र नेपाल बैंकको ३ करोड २० लाख १९ हजारको कारोबार भएको छ ।

आइतबार बजारमा कुल १८२ कम्पनीको सेयर कारोबार हुँदा १३५ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने ३९ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । ८ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

जसमध्ये रुरु जलविद्युत् कम्पनी र सयपत्री हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ ।

यता सिटिजन्स म्युचुअल फण्ड २ को इकाइ मूल्य ९.५५ प्रतिशतले गिरावट हुँदा अभियान लघुवित्तको सेयर मूल्य ७.६० प्रतिशत र मानुषि लघुवित्तको सेयरमूल्य ४.०३ प्रतिशतले गिरावट भएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो

प्रधानमन्त्रीले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्ने

देवदह नगर अस्पतालको नवनिर्मित भवन उद्घाटन: नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य

आयल निगमलाई १५ दिनमा ७ अर्ब ८१ करोड घाटा

प्रधानमन्त्री कपमा आसिफ शेखको दोहोरो शतकको कीर्तिमानी

ललितपुरमा दाजुभाई मारेर हतियारसहित भागेका अपराधी पक्रिने प्रहरी जवान पुरस्कृत