'पहिरो पीडितलाई सरुमारानीले दियो राहत'

४ वर्ष अगाडि

प्युठान। पहिरो पीडित स्थानीयहरुलाई सरुमारानी गाउँपालिकाले राहत प्रदान गरेको छ।

गाउँपालिकाको वडा नं ६ मा पहिरोबाट विस्थापित स्थानीय रूम बहादुर पुन, मोहन बहादुर पुन र खड्क बहादुर पुनलाई पालिका प्रमुख झगबहादुर बिश्वकर्माले राहत स्वरूप प्रती परिवार १९ हजार नगद, सिरक डसना, ब्लाङ्केट लगाएतका सामग्री प्रदान गरेको गाउँपालिकाका प्रवक्ता चिन्त बहादुर सोमैले जानकारी दिएका छन्।
पहिरो पीडित स्थानीयहरुलाई प्यूठान उद्योग वाणिज्य संघले प्रती परिवार १ बोरा चामल, दाल, नुन, तेल यसैगरी रेडक्रस सोसाइटी जिल्ला शाखा प्यूठानले भाडाबर्तन् , लत्ताकपडा उपलब्ध गराएको छ।
असोज २१ गते गएको पहिरोबाट ३ घर परिवारको १४ जना विस्थापित भएको गाउँपालिकाले जनाएको छ। पहिरोले वडा कार्यपालिकाको भवन सेवा प्रवाह दिन नसक्ने गरि क्षति पुर्याएको वडा अध्यक्ष तील बहादुर बुढाले बताए।

 

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

क्लिनिकको चरम लापरवाहीले गर्ववती महिलाको मृत्यु, तिनदिन देखि शव अस्पतालमै

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय