'सामाजिक सेवा समूह फाउन्डेसन नेपालद्वारा म्युजिकल च्यारिटी इभेन्ट सम्पन्न'

४ वर्ष अगाडि

रुपन्देही // रुपन्देहीको देवदहमा शुक्रबार म्युजिकल च्यारिटी इभेन्ट सम्पन्न भएको छ। सामाजिक सेवा समूह फाउन्डेसन नेपालको आयोजनामा देवदहको खैरेनी स्थिति ओस्टिल क्याफेको अगाडि म्युजिकल च्यारिटी इभेन्ट सम्पन्न भएको हो।

म्युजिकल च्यारिटी इभेन्टबाट संकलन हुने रकम न्यानो कपडा वितरण अभियान-२०७९ अन्तर्गत आर्थिक अवस्था कम्जोर भएका बालबालिकाहरुलाई सहयोग गरिने संस्थाका केन्द्रिय उपाध्यक्ष रबि रेग्मीले बताए।

सो ईभेन्टबाट करिब ३५ हजार रुपैयाँ संकलन भएको सामाजिक सेवा समूह फाउन्डेसन नेपालका केन्द्रिय सचिब तथा बुटवल शाखाका अध्यक्ष रोहित वाग्लेले बताए। उक्त ईभेन्टमा स्थानीय तथा छिमेकी जिल्लाको साङगीतिक प्रस्तुती रहेको थियो। कार्यक्रममा सामाजिक सेवा समूह फाउन्डेसन नेपालको देवदह शाखा, बुटवल शाखा , विभिन्न संघ संस्थाका प्रतिनिधि तथा स्थानीयको उपस्थिति रहेको थियो।

संस्थाले आफ्नो स्थापना कालबाटै शिक्षा र स्वास्थ्यमा नियमित सामाजिक कार्य गर्दै आइरहेको र अभियानकै रुपमा विभिन्न ठाउका बिद्यालयहरुमा पुगेर आर्थिक अवस्था कम्जोर भएका बिद्यार्थीहरुलाई सानो सहयोग होस भनी सहयोग गर्दै आईरहेको छ।

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो

प्रधानमन्त्रीले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्ने

देवदह नगर अस्पतालको नवनिर्मित भवन उद्घाटन: नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य

आयल निगमलाई १५ दिनमा ७ अर्ब ८१ करोड घाटा

प्रधानमन्त्री कपमा आसिफ शेखको दोहोरो शतकको कीर्तिमानी

ललितपुरमा दाजुभाई मारेर हतियारसहित भागेका अपराधी पक्रिने प्रहरी जवान पुरस्कृत