'सल्यानमा जीप दुर्घटना हुंदा ८ जनाको मृत्यु, १ जना घाइते'

४ वर्ष अगाडि

सल्यान । सल्यानमा जीप दुर्घटना हुदाँ ८ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । राप्ती राजमार्ग अन्र्तगत सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर ३ मुलपानी र वनस्पती कार्यालयको विचको डाँडामा डवल क्याब जीप दुर्घटना भएको हो । बाँकेको ढकेरीबाट सल्यानको कपुरकोटगाउँपालिकाको रिम तर्फ आउँदै गरेको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

रा १ ज ५६३ नम्वरको डबल क्याब जीप विहान साँढेँ ३ वजे तीर दुर्घटना भएको हो । दुर्घटनामा ८ जना मृत अवस्थामा फेला परेका छन् भने एक जना गम्भिर घाइतेकोे उद्धार गरि उपचारका लागि तुलसीपुर पठाइएको कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा पुनले जानकारी दिनुभयो । नौं जना यात्रु सवार जीप भीरदेखी डेढ सय मिटर तल खसेर दुर्घटनामा परेको छ।  घटनाको थप विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

कच्चा तेलको मूल्य चार वर्षयताकै उच्च

देशका विभिन्न स्थानबाट लागुऔषधसहित १८ जना पक्राउ

केरवानी खानेपानीको अध्यक्षमा दिपक पौडेल निर्वाचित

नक्कली जग्गाधनी खडा गरी नामसारी: ७ जनाविरुद्ध अख्तियारको मुद्दा

ई–बिडिङ ह्याक प्रकरणमा थप एक पक्राउ, पक्राउ संख्या १३ पुग्यो

ओमानसँग नेपाल १०२ रनले पराजित, डीएलएस मेथडले खेल टुंगियो

सुधन गुरुङमाथि चाँडै छानबिन सुरु हुने: रवि लामिछाने

नेप्सेमा दोहोरो गिरावट: २५.८१ अंकले घटेर २७४४ मा सीमित