'देवदहमा नि:शुल्क आँखा शिविर तथा बृहत रक्तदान कार्यक्रम सम्पन्न'

४ वर्ष अगाडि

देवदह // रुपन्देहीको देवदहमा नि:शुल्क आँखा शिविर तथा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ। सङ्गम युवा क्लब र चाहाना आमा समूहको आयोजनामा तथा बुटवल लायन्स आँखा अस्पतालको प्राविधिक सहयोग, नेपाल रेडक्रस सोसाइटी देवदह शाखा र उज्यालो लाल्टिन प्रतिष्ठानको सहकार्यमा उक्त कार्यक्रम सप्पन्न भएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि देवदह नगरपालिका नगर प्रमुख धुर्व खरेलले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान तथा आखाँ शिविर कार्यक्रमको आयोजना गर्नु प्रशंसनीय भएको बताउनु भयो । उहांले आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिनुपर्ने बताउनु भयो ।

त्यस्तै कार्यक्रममा बोल्दै देवदह नगरपालिका उप-प्रमुख विद्या लक्ष्मी गुरुङ्ले समाज परिवर्तनका लागि युवाको भुमिका अहम रहने बताउनु भयो । कार्यक्रममा ४४ युनिट रगत संकलन भएको थियो भने २५० भन्दाबढीले आँखा शिविरबाट लाभ लिएका क्लबका सदस्य मुकेश ज्ञवालीले बताउनु भयो । सो कार्यक्रममा २५ जना मोतियाविन्दुका विरामी भेटिएका थिए र उनिहरुलाई सोमबार निशुल्क शल्यक्रियाको व्यवस्था क्लबले मिलाउने ज्ञवालीले बताए ।

कार्यक्रममा देवदह रेडक्रस सोसाइटीका कृष्ण प्रसाद न्यौपानेले रक्तदान कार्यक्रम माथी प्रकाश पार्नु भएको थियो । बिक्रम सम्बत २०५७ सालमा क्लब स्थापना भएको क्लबले पछिल्लो समय निरन्तर रुपमा सामाजिक कार्यहरू गर्दै आईरहेको छ । यस अघि पनि क्लबले विभिन्न जनचेतना मुलक कार्यक्रम,भलिबल प्रतियोगिता,तिज गित प्रतियोगिता तथा रक्तदान तथा नि:शुल्क रुपमा शिविरहरु संचालन गर्दै आईरहेको छ ।

कार्यक्रम संगम युवा क्लबका अध्यक्ष कवि ज्ञावालीको अध्यक्षता , चहाना आमा समुहको उपाध्यक्ष विष्णु ज्ञवाली बुढामगरको स्वागत र क्लबका सचिब प्रीतम थापाको सञ्चालनमा भएको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

क्लिनिकको चरम लापरवाहीले गर्ववती महिलाको मृत्यु, तिनदिन देखि शव अस्पतालमै

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय