'स्वतन्त्र आन्दोलनले मुलुक बन्दैन–महासचिव पोखरेल'

४ वर्ष अगाडि

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्वतन्त्र आन्दोलनले मुलुक परिवर्तन नहुने बताउनुभएको छ । नेकपा एमाले लुम्बिनी प्रदेशको बैठक एवं प्रशिक्षण कार्यक्रममा बोल्दै महसचिव पोखरेलले भन्नुभयो, ‘मुलुकको समृद्धिका लागि संगठित आन्दोलनको आवश्कता पर्दछ । हरेक परिवर्तन संगठित आन्दोलनकै उपज हुन् । स्वतन्त्र आन्दोलनले मुलुक परिवर्तन हुँदैन ।’

मुलुक समस्याग्रस्त बन्दै गएको भन्दै महासचिव पोखरेलले राजनीतिक संस्कार समाप्त हुँदा यस खालका समस्या उत्पन्न भएको बताउनुभयो । स्वार्थपूर्ति गर्नका लागि पाँचदलिय गठबन्धन कायम रहेको दावी गर्दै पोखरेलले मुलुकको समृद्धिका लागि एमाले नेतृत्व आवश्यक रहेको बताउनुभयो । सरकार माफियाकरण हुँदै गएकोतर्फ चिन्ता व्यक्त गर्दै पोखरेलले भन्नुभयो, ‘सरकार माफियाको चंगुलमा फसेको छ । जनताका समस्या समाधान गर्नुमा भन्दा माफियाको स्वार्थपूर्ति गर्ने दिशामा सरकार लागेको छ। बजेट निर्माणका क्रममा सरकारले नांगो नाच नाचेको छ । मुलुकलाई माफियाकरण हुनबाट जोगाउन एमालेको नेतृत्व आवश्यक भइसकेको छ ।’

सरकार चरम भ्रष्टाचार फसेको भन्दै महासचिव पोखरेलले जनतालाई सचेत बनाउन एमालेका नेता कार्यकर्ताहरु लाग्नुपर्ने बताउनुभयो । ‘मुलुकमा कुशासन व्याप्त भएको छ । जनतामा राजनीतिक दलप्रति बितृष्णा उत्पन्न भइरहेको छ । यस्तो अवस्थामा एमालेका नेता कार्यकर्ताहरु सरकारका गतिविधिका बारेमा जनताहरुलाई सचेत बनाउनतर्फ लाग्नुपर्छ’, महासचिव पोखरेलले भन्नुभयो, ‘इतिहासमै सबैभन्दा ठूलो भ्रष्टाचार वर्तमान सरकारले भित्र्याएको छ । सरकारले भित्र्याएको नीतिगत भ्ष्टाचारले मुलुकको आर्थिक अवस्था जर्जर बनेको छ । जो खतरनाक सावित हुनसक्छ ।’

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

क्लिनिकको चरम लापरवाहीले गर्ववती महिलाको मृत्यु, तिनदिन देखि शव अस्पतालमै

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय