'गुल्मेली समाज जापानको कान्तो समिति संयोजकमा भण्डारी'

४ वर्ष अगाडि

गुल्मी। गुल्मेली समाज जापानले जापानका गुल्मेलीलाई एउटै परिवारमा जोड्ने क्रममा कान्तो समिति विस्तार गरेको छ । टोकियोको सोलमारी मुरा हलमा आयोजित कार्यक्रमले समाजको कान्तो समिती संयोजकमा कृष्ण प्रसाद भण्डारीलाई चयन गरेको छ।
जसको उपसंयोजकमा-बाबुराम भुषाल,तारा कार्की,शिव केसी,शिव प्रसाद खरेल,गोपाल काफ्ले,सुभाष भण्डारी,श्रीजना केसी रहेका छन् । त्यस्तै सचिवमा लक्ष्मण सापकोटा,नारायण प्रोख्रेल,प्रकाश भण्डारी, कोषाध्यक्षमा गोकुल अर्याल,विष्णु प्रसाद खरेल र अन्य सदस्य रहेका छन् । कार्यक्रमका प्रमुख अतिथि नेपाली राजदुतावास जापानका प्रथम सचिव जित बहादुर कार्कीले परदेशमा गुल्मेलीको जमघटले खुसी लागेको बताउदैं यो परिवारमा सबै गुल्मेली घर संझेर एक हुन सुखदुखमा साथ सहयोग गर्न अनुरोध समेत गरे । कार्यक्रममा नेपाली राजदुतावास टोकियोका तृतिय सचिव ज्ञानहरी ज्ञवाली,निवर्तमान अध्यक्ष शालिकराम भण्डारी,पुर्व अध्यक्ष यमलाल ढकाल ‘राजु’ एनआरएनए जापानका पुर्व अध्यक्ष एवम गुल्मीका अग्रज व्यक्तित्व रोशन के सी,नेपाल वायुसेवा निगमका टोकियो प्रवन्धक सरोज पन्थी, कार्यसमितिका सदस्य इन्द्र थापा लगाएतले मन्त्व्य व्यक्त गरेका थिए ।कार्यक्रममा गुल्मीमा जन्मिएर जापानको राजदुतावास नेपाल एअरलाइन्समा कार्यरत व्यक्तीलाई सम्मान सहित अतिथिलाई मायाको चिनो प्रदानगरिएको थियो ।कार्यक्रम गुल्मेली समाज जापानका अध्यक्ष महेन्द्र कुमार अधिकारीको अध्यक्षता,वरिष्ठ उपाध्यक्ष दयाराम खरेलको स्वागत मन्त्व्य एवम् सचिव नेत्र प्रसाद पाण्डेयको सन्चालनमा सम्पन्न भएको थियो ।कार्यक्रममा गुल्मेलीको उल्लासमय उपस्थीति रहेको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो