'छिटो मल उपलब्ध गराउन माग गर्दै किसान महासंघ आन्दोलनमा'

४ वर्ष अगाडि

काठमाडौं । बाली लगाउने समयमा रासायनिक मलको चरम अभाव भएपछि अखिल नेपाल किसान महासंघले दबाबमूलक आन्दोलन घोषणा गरेको छ ।

महासंघले पत्रकार सम्मेलन गर्दै देशैभर आन्दोलनका कार्यक्रम समेत सार्वजनिक गरेको छ ।

महासंघका अध्यक्ष प्रेम दंगालका अनुसार प्रधानमन्त्री, कृषि मन्त्रीलाई ज्ञापन पत्र बुझाउने, दोस्रो चरणमा सातवटै प्रदेशका मुख्यमन्त्री कार्यालयमा धर्ना र जिल्ला प्रशासन कार्यालयमा धर्ना र घेराउ गरिने बताए ।

महासंघले आज आयोजना गरेको पत्रकार सम्मेलनमा विरोध र्‍याली तथा आम सभा गरेर कृषकका सरोकारको विषयमा दबाब दिने जानकारी दिएको छ ।

नेपालमा ५ देखि ७ लाख मेट्रिक टन मलको आवश्यकता पर्ने र त्यसका लागि करिब ३० अर्ब बजेट चाहिने विज्ञले सुझाव दिए पनि
सरकारले जीटूजी प्रक्रियाबाट एक लाख ५० हजार मेट्रिक टनमात्र मल ल्याउने भनेको अध्यक्ष दंगालको भनाइ छ ।

नयाँ बजेटमार्फत ल्याइएको ‘किसान पेन्सन’ योजना कुनै आधार र तयारी बिना हठात प्रचार र सस्तो लोकप्रियताका लागि किसानको आँखामा छारो हाल्ने गरी आएको महासंघको टिप्पणी छ ।

Press Release_ANPFa

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

केरवानी खानेपानीको अध्यक्षमा दिपक पौडेल निर्वाचित

नक्कली जग्गाधनी खडा गरी नामसारी: ७ जनाविरुद्ध अख्तियारको मुद्दा

ई–बिडिङ ह्याक प्रकरणमा थप एक पक्राउ, पक्राउ संख्या १३ पुग्यो

ओमानसँग नेपाल १०२ रनले पराजित, डीएलएस मेथडले खेल टुंगियो

सुधन गुरुङमाथि चाँडै छानबिन सुरु हुने: रवि लामिछाने

नेप्सेमा दोहोरो गिरावट: २५.८१ अंकले घटेर २७४४ मा सीमित

वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ

दुई दिनमै सुनको भाउ ६ हजार रुपैयाँले घट्यो