'तिलोत्तमा नगर कार्यपालिकामा सबै एमालेका उम्मेदवार विजयी'

४ वर्ष अगाडि

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरको कार्यपालिका सदस्यको निर्वाचनमा सबै नेकपा एमालेका उम्मेदवारहरू विजयी भएका छन् । बुधवार सम्पन्न भएको कार्यपालिका सदस्य निर्वाचनमा ८ जना नै नेकपा एमालेका उम्मेदार बिजयी भएका हुन ।

तिलोत्तमाका नगर प्रमुख सहित ९ वडाध्यक्ष र ३२ वडा सदस्य गरी ४२ जनप्रतिनिधि जितेको सत्ता गठबन्धन कार्यपालिका निर्वाचनपछि अल्पमतमा परेको छ भने उपप्रमुख सहित ८ वडाध्यक्ष र ३६ वडा सदस्य जितेको एमाले कार्यपालिकामा बलियो देखिएको छ ।

बुधवारको निर्वाचनमा एमालेका सुरेन्द्र श्री विश्वकर्मा, राधा शाही ठकुरी, लक्ष्मी घले, सावित्रा आचार्य, नरबहादुर छन्तेल, रवि सेन्चुरी, तारा सुनार र देवकी चौधरी निर्वाचित भएका छन् ।

तिलोत्तमा नगरको २७ सदस्यीय कार्यपालिकामा नेकपा एमालेले १७ सदस्य हात पारेको छ भने सत्ता गठबन्धन १० सदस्यमा सीमित भएको छ । यससँगै ९० सदस्यीय नगर सभामा नेकपा एमाले ४८ मतका साथ बहुमतमा रहेको र गठबन्धनतर्फ ४२ मत कायम  भएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

काठमाडौं प्रशासनको निर्देशनपछि बल्खु र वंशीघाटका सुकुमवासी बस्ती खाली गर्न सुरु

कच्चा तेलको मूल्य चार वर्षयताकै उच्च

देशका विभिन्न स्थानबाट लागुऔषधसहित १८ जना पक्राउ

केरवानी खानेपानीको अध्यक्षमा दिपक पौडेल निर्वाचित

नक्कली जग्गाधनी खडा गरी नामसारी: ७ जनाविरुद्ध अख्तियारको मुद्दा

ई–बिडिङ ह्याक प्रकरणमा थप एक पक्राउ, पक्राउ संख्या १३ पुग्यो

ओमानसँग नेपाल १०२ रनले पराजित, डीएलएस मेथडले खेल टुंगियो

सुधन गुरुङमाथि चाँडै छानबिन सुरु हुने: रवि लामिछाने