'पहिरोले पुरिएर दुई मजदुरको मृत्यु'

४ वर्ष अगाडि

संखुवासभा। जिल्लाको चैनपुर नगरपालिका–१ नुनढाकीमा सुख्खा पहिरोले पुरिएर दुई जनाको मृत्यु भएको छ।

चैनपुर नुनढाकी सडकखण्डमा तार जाली पर्खाल लगाउने क्रममा आज बिहान ११ बजे अचानक माथिबाट सुख्खा पहिरो झरेर पुरिँदा सडक निर्माण कार्यमा खटिएका दुई मजदुरको घटनास्थलमा नै ज्यान गएकाे हो। मृत्यु हुनेमा सुनसरी धरानका ३५ वर्षीय राम कुमार राई र चौदण्डीगढी नगरपालिका–६ उदयपुरका २० वर्षीय हेम बहादुर मगर रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

पहिरोमा पुरिएका दुवै जनाको उद्धार गरी शव परीक्षणको लागि जिल्ला अस्पताल खाँदबारी पठाएको छ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो

प्रधानमन्त्रीले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्ने

देवदह नगर अस्पतालको नवनिर्मित भवन उद्घाटन: नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य

आयल निगमलाई १५ दिनमा ७ अर्ब ८१ करोड घाटा

प्रधानमन्त्री कपमा आसिफ शेखको दोहोरो शतकको कीर्तिमानी

ललितपुरमा दाजुभाई मारेर हतियारसहित भागेका अपराधी पक्रिने प्रहरी जवान पुरस्कृत