'दोस्रो दिनको क्वाटर फाइनल खेलमा वडा नं ५ र ७ को ख टिम विजयी'

४ वर्ष अगाडि

देवदह // देवदह क्रीकेट युनिटको आयोजनामा भएको नगर स्तरीय उपमेयर कप क्रिकेट प्रतियोगिता को तेश्रो क्वाटर फाइनल खेल वडा नं ४ को क समूह र वडा नं ५ बिच सम्पन्न भएको छ।

तेश्रो क्वाटर फाइनल खेलमा वडा नं ४ को क टिमलाई २ विकेटले पराजित गर्दै वडा नं ५ बिजयी भएको हो । देवदह क्रीकेट युनिटको खेल मैदानमा भएको खेलमा वडा नं ४ ले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङ गरेको वडा नं ४ (क) ले निर्धारित २० ओभरको खेलमा अल आउट हुँदै ८८ रन बनाउन सफल भएको थियो । ८८ रनको लक्ष्य लिएर मैदान आएको वडा नं ५ ले उक्त रन पूरा गर्दै २ विकेटले जित निकाल्न सफल भएको थियो । खेलमा महेश भण्डारी म्यान अफ दि म्याच घोसित भएका थिए । उनेले ३ ओभरमा १० रन दिदै ह्याटि्रक र १ विकेट गरि ४ विकेट लिन सफल भएका थिए ।

त्यस्तै क्वाटर फाइनलको चौथो खेल वडा नं १२ र वडा नं ७ को ख समुह विच भएको थियो । टस जितेर पहिले ब्याटिङ गरेको वडा नं १० ले निर्धारित २० ओभरको खेलमा १ सय ११ रन बनाएको थियो । १ सय ११ रनको लक्ष्य लिएर मैदान आएको वडा नं ७ (ख) ले उक्त रन पूरा गर्दै ६ विकेटले जित हासिल गरेको थियो । खेलमा पुरन थापा म्यान अफ दि म्याछ घोषित भएका थिए । उनले ९ बलमा १५ रन र ४ ओभर गरि १८ रन दिदै २ विकेट लिन सफल भएका थिए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो