'तेश्रो दिनको खेलमा वडा नं ७ बिजयी'

४ वर्ष अगाडि

बुटवल । देवदह क्रीकेट युनिटको आयोजनामा भएको नगर स्तरीय उपमेयर कप क्रिकेट प्रतियोगिता को तेस्रो दिनको खेलमा वडा नं ७ को क र वडा नं ५ को ख टिम बिच सम्पन्न भएको छ ।

तेस्रो दिनेको खेलमा वडा नं ५ (ख) लाई ४५ रनले पराजित गर्दै वडा नं ७ (क) टिम बिजयी भएको हो । देवदह क्रीकेट युनिटको खेल मैदानमा भएको टसमा वडा नं ५ (ख) ले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङ गरेको वडा नं ७ (क) ले निर्धारित २० ओभरमा १० विकेट गुमाउदै १ सय ६५ रन बनाउन सफल भएको थियो । १६५ रनको लक्ष्य लिएर मैदान आएको वडा नं ५ (ख) ले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २० रन ल्याएको थियो । उक्त खेलमा रोहित वाग्ले म्यान अफ दि म्याच घोसित भएका थिए । उनेले २६ बल खेली ४७ रन बनाउन सफल भएका थिए ।

हिज वडा नं ११ र वडा नं ३ बीच भएको खेलमा वडा नं ११ र वडा नं ९ र वडा नं ३ बीच भएको खेलमा वडा नं ९ विजयी भएको थियो ।

भोलि भने तीन खेल रहेको आयोजकले जनाएको छ । पहिलो खेल वडा नं ८ र वडा नं ४ (क) बिच, दोश्रो वडा नं ७ (ख) र वडा नं ५ (क) बीच र तेश्रो तथा साझको खेल वडा नं १२ र वडा नं ४ (ख) विच हुनेछ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

कच्चा तेलको मूल्य चार वर्षयताकै उच्च

देशका विभिन्न स्थानबाट लागुऔषधसहित १८ जना पक्राउ

केरवानी खानेपानीको अध्यक्षमा दिपक पौडेल निर्वाचित

नक्कली जग्गाधनी खडा गरी नामसारी: ७ जनाविरुद्ध अख्तियारको मुद्दा

ई–बिडिङ ह्याक प्रकरणमा थप एक पक्राउ, पक्राउ संख्या १३ पुग्यो

ओमानसँग नेपाल १०२ रनले पराजित, डीएलएस मेथडले खेल टुंगियो

सुधन गुरुङमाथि चाँडै छानबिन सुरु हुने: रवि लामिछाने

नेप्सेमा दोहोरो गिरावट: २५.८१ अंकले घटेर २७४४ मा सीमित