'अनेरास्ववियुद्वारा सहिद नारायण पोखरेल क्याम्पसमा कमिटी विस्तारलाई तिब्रता'

४ वर्ष अगाडि

प्रदिप ज्ञवाली, सैनामैना // अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले कमिटी विस्तार अभियान लाई तीव्रता दिएको छ । क्याम्पसमा प्रथम वर्षमा आएका नवआगन्तु विद्यार्थीहरुलाइ सङ्गठिक गराउनका निमित्त कमिटी गठन गरिएको हो ।
कमिटी विस्तार कार्यक्रमको आज पहिलो दिन वि वि एस प्रथम वर्षमा अध्ययनरत नेपाली माध्यमका विद्यार्थीहरुका माझबाट अभिशेक ज्ञवालीको अध्यक्षता ५१ सदस्यीय कक्षा कमिटी बनाइएको हो । कमिटीको उपाध्यक्षमा अमृत बेल्बासे, सविता ढकाल र सम्झना रिजाल रहनुभएको छ भने सचिवमा पुजा सिंह रहनुभएको छ । यस्तै सहसचिवमा अमृता अर्याल र अप्सरा अर्याल हुनुहुन्छ भने सपन पोखरेल कोषाध्यक्षमा हुनुहुन्छ ।
कार्यक्रममा बोल्दै क्याम्पस कमिटी पुर्व अध्यक्ष तथा जिल्ला कोषाध्यक्ष सुमित सापकोटाले विद्यार्थीहरु आफ्ना हक अधिकार प्राप्तिका लागि सबै विद्यार्थी अनेरास्ववियुमा सङ्गठित हुनुपर्ने बताउनुभयो ।
कार्यक्रम कार्यवाहक अध्यक्ष शिव न्याैपानेको अध्यक्षता र सचिव धनऋषि शर्माको सञ्चालनमा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो

प्रधानमन्त्रीले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्ने

देवदह नगर अस्पतालको नवनिर्मित भवन उद्घाटन: नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य

आयल निगमलाई १५ दिनमा ७ अर्ब ८१ करोड घाटा

प्रधानमन्त्री कपमा आसिफ शेखको दोहोरो शतकको कीर्तिमानी

ललितपुरमा दाजुभाई मारेर हतियारसहित भागेका अपराधी पक्रिने प्रहरी जवान पुरस्कृत