'प्रधानमन्त्री देउवालाई आफ्नो हैसियत नभुल्न अध्यक्ष बरालको चेतावनी'

४ वर्ष अगाडि

काठमाडौँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) अध्यक्ष सुनिता बरालले प्रधानमन्त्री शेरबहादुर देउवाले भारतमा गरेको भ्रमणको कडा शब्दमा आपत्ती जनाउनु भएको छ ।

प्रधानमन्त्री देउवाले भारत भ्रमणमा भारतीय  जनता पार्टीको केन्द्रीय कार्यालयमा गई नेपालको कुटनैतिक मर्यादालाई भुलेर लम्पसारवादी चरित्र भएको भन्दै अध्यक्ष बरालले अब भारतीय जनता पार्टीसँग पनि गठबन्धन गर्ने हो भनि प्रश्न गर्नुभएको छ । मुलुकको प्रतिष्ठलाई दाउमा नराख्न चेतावनी दिँदै एमालेको केन्द्रीय सदस्य समेत रहनुभएकी बरालले छिमेकी मुलुकसँगको सम्बन्ध कसरी अगाडी बढाउने भन्ने बारे पूर्वप्रधानमन्त्री केपी ओलीको समयकाललाई आधार मान्न सुझाव समेत दिनुभयो ।

उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘भारतीय जनता पार्टीसँग पनि तथा कथित गठबन्धन गर्ने हो, प्रधानमन्त्री देउवाजी ? नत्र कूटनीतिक मर्यादा भुलेर, प्रोटोकल र भ्रमण तालिकामा हुँदै नभएको लम्पसारवादी चरित्र किन रु देशको प्रतिनिधित्व गर्दै गर्दा आफ्नो हैसियत नभुल्न खबरदारी गर्न चाहन्छौं, तपाइको ब्यक्तित्व त नेपाली जनताले बुझेकै छन् तर देशको प्रतिष्ठा दाउमा नराख्नुस् । भ्रमण कस्तो हैसियतमा गर्नुपर्छ, छिमेकीसँग कस्तो सम्बन्ध राख्ने भन्ने कुरा आफुले नजाने पनि पूर्वप्रधानमन्त्री श्रद्धेय केपी शर्मा ओलीको समय हेरे पुग्ने थियो । भाजपाको कार्यालयमै पुग्ने शेरबहादुर देउवाको कदम सर्वथा अस्वीकार्य र गलत छ ।’

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

ललितपुरमा दाजुभाई मारेर हतियारसहित भागेका अपराधी पक्रिने प्रहरी जवान पुरस्कृत

बाल गृह सञ्चालन गर्ने बाल संगठन रूपन्देहीको तयारी, सरोकारवालासँग अन्तरक्रिया

पशुपालनमा देखिएका नयाँ रोग नियन्त्रणका लागि अनुसन्धानमा जोड दिन्छौं: मुख्यमन्त्री आचार्य

अव्यवस्थित ठेला तथा सडक पेटीमा व्यापार गर्ने रि-कन्डिसन मोटरसाइकल हटाउदै उपमहानगरपालिका

नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, बैशाख ७ मा जितगढी आईपुग्ने

पाटनमा दाजुभाइ हत्या: लागुऔषधको नशामा रहेका संजिवले लिए दाजुभाइको ज्यान

मुद्दा दायर गर्ने पर्याप्त आधार र प्रमाण नभएपछि ओली र लेखकलाई रिहाइ गरिदै

विदेशी राजदूत र नियोग प्रमुखहरूलाई प्रधानमन्त्रीको सन्देश