'त्रिकोणात्मक टी-२० श्रृंखलामा नेपालको लगातार दोस्रो जित'

४ वर्ष अगाडि

काठमाडौं । आसिफ शेखको अर्धशतको मद्दतमा नेपालले त्रिकोणात्मक टी-२० श्रृंखलामा मलेसियालाई बुधबार ६ विकेटले पराजित गरेको छ ।

ओपनर आसिफ शेखले ५७ रन बनाएपछि मलेसियाले दिएको ११५ रनको लक्ष्य नेपालले १३.४ ओभर खेल्दै ४ विकेट गुमाएर पूरा गरेको हो । आसिफले ३८ बल खेल्दै ७ चौका र १ छक्का प्रहार गरे । टी२० मा डेब्यूगरेका विकेटकिपर दिलिप नाथले ७ बल खेल्दै ३ चौका मद्दतमा अविजित १५ रन बनाए ।

लगातार दोस्रो जितपछि नेपालको फाइनल पुग्ने सम्भावना बलियो भएको छ । यसअघि पहिलो खेलमा नेपालले पपुवा न्यूगिनीलाई १५ रनले पराजित गरेको थियो ।
ओपनर कुशल भुर्तेल व्यक्तिगत १ रनमा दोस्रो ओभरमै आउट भएका थिए । यस्तै रोहित पौडेल १२ रन बनाएर आउट हुँदा नेपालले चार ओभरमा २ विकेट गुमाएर २५ रन बनाएको थियो ।

त्यसपछि आसिफले दीपेन्द्र सिंह ऐरीसँग ७० रनको साझेदारी गरे । मलेसिया विरुद्ध २१ रन बनाउँदै दीपेन्द्र १२औं ओभरमा आउट भए ।

दिलिप नाथ १५ र कुशल मल्ल २ रनमा अविजित रहे । बलिङमा मलेसियाका लागि पवनदिप सिंहले २ तथा सयद अजिज र मुहम्मद बमिरले १ विकेट लिए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो

प्रधानमन्त्रीले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्ने

देवदह नगर अस्पतालको नवनिर्मित भवन उद्घाटन: नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य

आयल निगमलाई १५ दिनमा ७ अर्ब ८१ करोड घाटा

प्रधानमन्त्री कपमा आसिफ शेखको दोहोरो शतकको कीर्तिमानी

ललितपुरमा दाजुभाई मारेर हतियारसहित भागेका अपराधी पक्रिने प्रहरी जवान पुरस्कृत