'देवदहमा सञ्चालित ग्लोबल गर्लस्को समापन'

४ वर्ष अगाडि

रुपन्देही//डेनमार्कको कोपनहेगनमा रहेको संस्था स्कुल लाईफ इन नेपालको सहयोगमा सामाजिक न्यायको लागि संञ्चालित ग्लोबल गर्लस् परियोजना सम्पन्न भएको छ । देवदहमा रहेको सामाजिक संस्था उज्यालो लाल्टिन प्रतिष्ठान र सोईया महिला स्वावलम्बी संस्थाको सहकार्यमा उक्त परियोजना सम्पन्न भएको हो ।
युवाहरुलाई सामाजीक उत्थानमा प्रेरित गर्दै समाजको पारदर्शिता साहित्य र पत्रकारीता भन्ने मुल नाराका साथ स्थापना भएको उज्यालो लाल्टिन प्रतिष्ठान र लामो समयदेखि विपन्न र गरिवीको रेखामुनी रहेका महिलाहरुलाई संगठित गर्दै महिला तथा बालबालिकाहरुको शसक्तिकरणमा विभिन्न परियोजना मार्फत कार्य गर्दै आएको सोईया महिला स्वावलम्बी संस्थाको सहकार्यमा भएको उक्त परियोजनाबाट नेपालमा रहेका १०० जना किशोरीहरु र डेनमार्कमा रहेका १०० जना किशोरीहरु बिच युवादेखि युवा परिचालन पद्धती अनुसार समाजमा रहेको साँस्कृतिक, सामाजिक असमानतालाई निरुत्साहित पार्न सञ्चारको माध्यमबाट गोलबद्ध भई किशोरीका हकहितमा काम गर्ने यस परियोजनाको मुख्य उद्देश्य अनुरुप देवदहका ८ विद्यालय र बुटवलका २ गरी १० बिद्यालयमा कार्यक्रम संचालन भएको थियो । यसबाट बाट १०० जना नेपालका किशोरीहरुको क्षमता अभिवृद्धि गर्ने काम भएको छ ।समापन कार्यक्रममा देवदह नगरपालिकाका प्रमुख हिरा केसीले समाजमा रहेको असमानतालाई चिर्दै समानताका लागि संघर्ष गर्न सिक्नुपर्ने बताउनुभएको थियो । प्रमुख अतिथि समेत रहनुभएका के.सी.ले समाजको रुपान्तरणका लागि सकरात्मक सोचका साथ अगाडि बढ्न युवाहरुलाई आब्हान गर्नुभएको थियो ।
कार्यक्रममा स्वयंसेवकको तर्फबाट सुरज भट्टराई र आस्था विकले परियोजनाको अनुभवबारे आफ्नो कुरा राख्नुभएको थियो भने उक्त कार्यक्रममा देवदह नगरपालिका वडा नं ४ का वडा अध्यक्ष दिपक चापागाईं, पल्लबी साकोसका अध्यक्ष प्रमोद खनाल, उज्यालो लाल्टिन प्रतिष्ठानका अध्यक्ष सागर कंडेल, परियोजना संयोजक युवराज चापागाईं लगाएतले बोल्नुभएको थियो ।
कार्यक्रममा परियोजना सफलताका साथ सम्पन्न गर्न सहयोग गर्नुहुने स्वयंसेवक, सहयोगी संघसंस्था र व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो उक्त कार्यक्रमको सञ्चालन सोइला महिला स्वावलम्बी संस्थाका कार्यबाहक ब्यवस्थापक नारायण भण्डारीले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो

प्रधानमन्त्रीले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्ने

देवदह नगर अस्पतालको नवनिर्मित भवन उद्घाटन: नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य

आयल निगमलाई १५ दिनमा ७ अर्ब ८१ करोड घाटा

प्रधानमन्त्री कपमा आसिफ शेखको दोहोरो शतकको कीर्तिमानी

ललितपुरमा दाजुभाई मारेर हतियारसहित भागेका अपराधी पक्रिने प्रहरी जवान पुरस्कृत