'पूर्वलडाकुहरु सामूहिक रूपमा एमाले प्रवेशको तयारीमा'

४ वर्ष अगाडि

२०७८ चैत सिम्रिक आवाज । माओवादी जनमुक्ति सेना नेपालको लडाकुहरू सामूहिकरूपमा एमाले प्रवेश गर्ने तयारी गरेका छन् । ‘युद्धकालीन अपराध र मुद्दा’ लाई सम्बोधन गर्न एमाले तयार भएकाले समूहमै एमाले प्रवेश गर्ने तयारीमा उनीहरू रहेको बताएका छन् ।


एक कार्यक्रमका बिच एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वलडाकुहरूलाई पार्टी प्रवेश गराउन लागेको बुझिएको छ । ‘जनमुक्ति सेनाका योद्धाहरूको माग, गुनासा र अप्ठ्यारा सम्बोधन गर्न एमालेसँग सकारात्मक देखिएको छ । छलफलहरू सकारात्मक हुँदै गएका छन्,’ बहिर्गमित सेनाका अध्यक्ष लेनिन विष्टले भने, ‘सामूहिक पार्टी प्रवेशको लागि मिति चाँडै तोक्ने भन्ने छ ।’
सामूहिक पार्टी प्रवेश कार्यक्रमका लागि एमाले अध्यक्ष ओलीले सचिव टोपबहादुर रायमाझीलाई जिम्मेवारी दिएका छन् ।
अध्यक्ष ओली र विष्टबीच पूर्वमाओवादी लडाकुका माग र मुद्दाका बारे तीन चरण छलफल भइसकेको र त्यसको बन्दोबस्त रायमाझीले गराएका थिए । विष्टको टोलीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलगायतसँग पनि पटक(पटक छलफल गरिसकेको छ ।

 

ओली पहिलोपटक प्रधानमन्त्री हुँदा तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट भाषणमार्फत राहत रकम दिने घोषणा गरेका थिए । पछि सर्वोच्च अदालतमा मुद्दा परेपछि रोकिएको थियो । तर, गत १ फागुनमा रकम निकासा गर्न आदेश दिए पनि पछिल्लो सरकारले त्यसलाई सम्बोधन भने गरेको छैन ।

 

‘राहत मात्र होइन, पूर्वजनमुक्ति सेनालाई राज्यको तर्फबाट सम्मानपत्र, परिचयपत्रको व्यवस्था पनि ओलीज्यू प्रधानमन्त्री हुँदा नै भएको हो । यसले पनि हामीलाई हाम्रा माग सम्बोधन हुनेमा आशावादी बनाएको छ,’ विष्टले भने । उनका अनुसार सामूहिक प्रवेश गर्ने पूर्वमाओवादी लडाकुहरूको नाम संकलन भइरहेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

सरकारद्वारा विभिन्न ८ अध्यादेश प्रतिनिधिसभामा पेश

चार्जिङ स्टेसन जडानका लागि घुस लिएको आरोपमा प्राधिकरण प्रमुखविरुद्ध मुद्दा दायर

डीपी अर्यालले प्रतिनिधि सभामा बैठक सञ्चालनका लागि ७ सदस्य मनोनीत

विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न अल्पकालीन आदेश जारी

बर्दिया राष्ट्रिय निकुञ्जमा बस दुर्घटना, चालकसहित १८ जना घाइते

मोटरसाइकलको ठक्करबाट एक जना वृद्धको मृत्यु

नेपाल प्रहरीमा इन्स्पेक्टरदेखि एसएसपीसम्मको सरुवा रोकिँदा कमान्ड व्यवस्थापन प्रभावित

सन्दीप जोराको शानदार शतक, नेपाल ‘ए’बाट अमेरिकाविरुद्ध १११ रनको उत्कृष्ट पारी