'अनेरास्ववियुद्धारा मायादेवीमा कमिटी निर्माण'

४ वर्ष अगाडि

मायादेवी, फागुन २७ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले मायादेवि गाउँपालिकामा दिपचन यादवको अध्यक्षतामा ३१ सदस्यीय पालिका कमिटी गठन गरेको छ । शुक्रबार मायादेविमा भएको भेलाले कमिटीको उपाध्यक्षमा सञ्जय यादव, सचिवमा अवधराम बरई, सहसचिवमा राजु भुज, कोषाध्यक्षमा अनिल हरिजन लगायत रहेको पालिका कमिटी निर्माण गरेको हो ।

भेलालाई सम्बोधन गर्दै अनेरास्ववियुका केन्द्रीय कमिटी सचिवालय सदस्य बालकृष्ण पाण्डेले शैक्षिक आन्दोलनसँगै सामाजिक रुपान्तरणको जिम्मेवारी अनेरास्ववियुको काँधमा रहेको बताउनुभएको थियो । भेलाको प्रमुख अतिथि समेत रहनुभएका पाण्डेले समग्र जनताको समृद्धिका साथै सिंगो मायादेवी गाउँपालिकाको विकासका लागि आगामी स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको विजयी आवश्यक रहेको बताउनुभएको थियो । वहाँले नेकपा एमालेका सबै उम्मेदवारलाई अत्याधिक मतका साथ बिजयी बनाउन अनेरास्ववियु हरदम तयार रहेको समेत बताउनुभएको थियो ।

भेलामा नेकपा एमाले रुपन्देही जिल्ला कमिटी सदस्य तथा मायादेवी गाउँपालिका इन्चार्ज शंकर ज्ञवाली, जिल्ला कमिटी सदस्य सिक्चन यादव, मायादेवी गाउँ कमिटी सचिव लाला लोध, अनेरास्ववियुका केन्द्रीय सदस्य तथा रुपन्देही सहइन्चार्ज साजन भण्डारी, नविन थापा सारु, रुपन्दही जिल्ला कमिटी अध्यक्ष शेषकान्त पोखरेल, उपाध्यक्ष रमेश ढकाल, सचिवालय सदस्य सन्तोष अर्यालले बोल्दै अहिले देशमा नेकपा एमालेको पक्षमा लहर आएको र सिंगो देशको विकास र समृद्धिका लागि नेकपा एमालेको नेतृत्व अपरिहार्य रहेको बताउनुभएको थियो ।

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

कच्चा तेलको मूल्य चार वर्षयताकै उच्च

देशका विभिन्न स्थानबाट लागुऔषधसहित १८ जना पक्राउ

केरवानी खानेपानीको अध्यक्षमा दिपक पौडेल निर्वाचित

नक्कली जग्गाधनी खडा गरी नामसारी: ७ जनाविरुद्ध अख्तियारको मुद्दा

ई–बिडिङ ह्याक प्रकरणमा थप एक पक्राउ, पक्राउ संख्या १३ पुग्यो

ओमानसँग नेपाल १०२ रनले पराजित, डीएलएस मेथडले खेल टुंगियो

सुधन गुरुङमाथि चाँडै छानबिन सुरु हुने: रवि लामिछाने

नेप्सेमा दोहोरो गिरावट: २५.८१ अंकले घटेर २७४४ मा सीमित