'हाम्रो अडानले एमसीसी जस्ताको तस्तै अनुमोदन हुनबाट जोगियो : माधब नेपाल'

४ वर्ष अगाडि

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पहलका कारण अमेरिकी सहयोग परियोजना (एमसीसी) जस्ताको तस्तै अनुमोदन हुनबाट जोगिएको दाबी गरेका छन् । मंगलबार एमसीसी सम्झौताबारै पार्टीको अधिकारी धारणा सार्वजानिक गर्दै अध्यक्ष नेपालले सो कुरा बताएका हुन् ।
उनले आफूहरुले व्याख्यात्मक घोषणसहित अनुमोदन गर्ने पहल नगरेको भए एमसीसी जस्ताको तस्तै अनुमोदन हुने बताए ।
उनले भने, ‘यदी हामीले व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने पहल नगरेको भए एमसीसी जस्ताको तस्तो अनुमोदन हुने खतरा थियो र त्यसले देशलाई अप्ठ्यारो अवस्थामा पुर्याउन सक्थ्यो । त्यसो हुनबाट जोगिएको छ । यसलाई हाम्रो पार्टीले दिएको अडान र सचेतना अभियानको सफलताको रुपमा लिनुपर्दछ ।’
देश, जनता, संविधान, व्यवस्था र जन चाहनाअनुसार नै व्याख्यात्मक घोषणासिहत एमसीसी अनुमोदन गरको अध्यक्ष नेपालले जारी विज्ञाप्तिमा भनिएको छ ‘। हाम्रो यो निर्णय, देश, जनता, संविधान र जन चाहनाको सम्मानसहित गरिएको निर्णय हो । यसले अहिले सञ्चालित एवम भविष्यमा समेत सञ्चालन हुने विकास परियोजनहरुलाई मार्ग निदर्शन गर्छ ।’
नेपालले १ फागुनमै आफ्नो पार्टीको अस्तित्व समाप्त पार्न खोजिएको दाबी समेत गर्दै तर आफूहरुले चुड्कीको भरमा सबै षड्यन्त्र समाप्त पारिदिएको बताए । त्यो दिन माधवकुमार नेपालसहित १४ सांसदको मुद्दा पेशीमा चढेको थियो । तर सत्तारुढ गठबन्धनका ९८ सांसदले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाभियोग संसदमा दर्ता गरेका थिए ।
पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले एमसीसीलाई लिएर एमाले मुकदर्शक भएर बसेको आरोप समेत लगाएका छन् ।

सुरूमा ओलीले नै एमसीसी सम्झौता संसदमा दर्ता गरेको भए पनि पारित हुने बेला समर्थन र विरोध नगरे तमासा देखाएको बताए । एमसीसी अगाडि बढाउन जसले सबै तमासा गर्‍यो, ऊ मुकदर्शक भएर बस्यो ।’ आफ्नो पार्टीबारे अदालतमा समेत विषय गएको भन्दै संसदमा त्यसलाई उठान नपाउने दाबी गरे । सभामुख सापकोटाविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने बताइएका बेला उनले आफ्नो पार्टी संसदको गरिमा जोगाउने सभामुख सापकोटाको पक्षमा उभिने बताए ।
यस्तो बेलामा चिनको चासो स्वाभाविक भएको भन्दै आफूहरु असंलग्न परराष्ट्र नितिको पक्षमा रहेको बताए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो