'बाल मन्दिरका बालवालिकालाई न्यानो कपडा तथा स्कुल पोशाक वितरण'

४ वर्ष अगाडि

बुटवल। रुपन्देहीमा बालबालिकालाई न्यानो कपडा तथा स्कुल पोशाक बितरण गरिएको छ। नेपाल बाल संगठन रुपन्देहीले मंगलबार बुटवल स्थित बाल मन्दिरमा ४३ जना बालवालिकाहरुलाई न्यानो कपडा तथा पोशाक वितरण गरेको हो ।

कपडा बितरण कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाको उप-प्रमुख गोमादेवी आचार्यले यस अभियानले विद्यार्थीलाई नियमित विद्यालयमा आउने वातावरण बन्ने कुरा व्यक्त गर्नुभएको थियो। सडकमा छोडिएका बालबालिकालाई समस्या उपमहानगरपालिकाले अभिभावकक्तव ग्रहण गर्ने प्रतिवद्दता व्यक्त गर्नु भयो । बाल अधिकारका निम्ति नेपाल बाल संगठनले खेलेको भुमिकाको उहाले प्रशंसा समेत ब्याक्त गर्नुभयो।

कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं ५ का कार्यवाहक वडा अध्यक्ष यम बराल, बुटवल उपमहानगरपालिका बाल अधिकार संरक्षण समितीका संयोजक विमला क्षेष्ठ, नमस्ते किड्स नेपालका अध्यक्ष सरु थापा, नेपाल स्काउट लुम्बिनी प्रदेश संयोजक दिनानाथ भट्टराई लगाएतले बोल्दै विद्यार्थीहरुको आवश्यकतालाई बुझेर न्यानो कपडा तथा स्कुल पोशाक वितरण कार्य सकारात्मक कदम भएको बताउनुभयो । कार्यक्रम नेपाल बाल संगठनका सभापति साजन भण्डारीको अध्यक्षता , नेपाल बाल संगठन जिल्ला कार्यसमिति सदस्य सुरज भट्टराईको स्वागत र सचिब कल्पना पांडे मगरको संचालनमा भएको थियो ।

 

 

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो