'शारीरिक अपङ्गता भएकाहरुलाई न्यानो कपडा वितरण'

४ वर्ष अगाडि

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन रुपन्देहीले देवदह नगर प्याब्सनको आतिथ्यतामा ३१ औं प्याब्सन दिवसको अवसर पारेर शारीरिक अपङ्गता भएकाहरुलाई न्यानो कपडा वितरण गरेको छ । कार्यक्रमका प्रमुख अतिथि एवम् भर्खरै नव निर्वाचित प्याब्सन लुम्बिनी प्रदेशका अध्यक्ष लालहरी पाण्डेले ज्ञानको दियो छर्ने प्याब्सनले मानवीय सेवाका हातहरु अघि बढाएर दिन दुःखीहरुको पिडामा प्याब्सन सँधैभरि लागिरहने बताउनुभयो । वहाँले समाजमा देखाउनको लागि मात्र यस्तो कार्य नगरेको तर हजारौं निजी विद्यालयहरुले सयौं अपाङ्ग बालबालिकाहरुलाई निःशुल्क पढाएर उनीहरुको भविष्य उज्ज्वल समेत बनाइदिएको बताउनुभयो ।

कार्यक्रममा प्याब्सन नेपालका केन्द्रिय सदस्य हेमलाल भुषाल, टिकाराम न्यौपाने, लुम्बिनी प्रदेशका सह–कोषाध्यक्ष महेश भुर्तेल, जिल्ला सह–सचिव बोधराज गौडेल, जिल्ला सदस्य महेश पराजुली, बुटवल प्याब्सनका अध्यक्ष कुलानन्द पाण्डेय, देवदह नगर प्याब्सनका सचिव कृष्ण प्रसाद गैरे, कोषाध्यक्ष टिकाराम चापागाई, सदस्य प्रेम नारायण केवट , विष्णु अर्याल र अपाङ्ग समाजका बालकुमार श्रेष्ठले आ–आफ्ना भनाइहरु राख्नुभएको थियो ।
कार्यक्रम प्याब्सन रुपन्देहीका अध्यक्ष अनन्तराम शर्माको अध्यक्षता, प्याब्सन देवदहका अध्यक्ष राम बहादुर गुरुङको स्वागत, वरिष्ठ उपाध्यक्ष एक नारायण काफ्लेको धन्यवाद ज्ञापन तथा सचिव दिपक खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

क्लिनिकको चरम लापरवाहीले गर्ववती महिलाको मृत्यु, तिनदिन देखि शव अस्पतालमै

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय