'सहिद दुर्गा तिवारीको पाचौं स्मृति सभा सम्पन्न'

४ वर्ष अगाडि

देवदह ।सहिद दुर्गा तिवारीको पाचौं स्मृति सभा सम्पन्न भएको छ । स्मृति सभा नेकपा एमाले देवदह नगर कमिटीको आयोजना भएको थियो ।

स्मृति सभामा बोल्दै नेकपा एमालेका सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज छबिलाल बिश्वकर्माले स्व. तिवारीले बोकेको विचारलाई सवैले आत्मसात गरि अघि बढनु पर्नेमा जोड दिनु भएको थियो । दुर्गा तिवारी नामनै काफी भएकोले यदि कसैले तिवारीको नाम लिएर राजनीतिक चलखेल गर्न खोज्छ भने पार्टीलाई सह्य नहुने समेत बिश्वकर्माले बताउनुभयो । संघीय सरकार मातहत रहने गरि देवदह ५ को सिमाना देखि सिंगाहा भित्री सडक कालोपत्रे गर्नका लागि २ करोड बजेट विनियोजन गरिएको र उक्त सडक मार्गको नाम सहिद दुर्गा तिवारी मार्ग राख्न समेत सचीव विश्वकर्माले प्रस्ताव राख्नुभएको थियो।

कार्यक्रममा नेकपा एमाले पोलिटिब्युरो सदस्य तथा लुम्बिनी प्रदेशका सह इन्चार्ज दधिराम न्यौपाने,पार्टी अनुशासन आयोगका केन्द्रिय सदस्य डा.कृष्ण न्यौपाने,सहिद दुर्गा तिवारीका दाजु चक्रपाणी तिवारी लगायतले सहिद दुर्गा तिवारीले समाज रुपान्तरणका लागि गरेको कार्यको चर्चा गर्दै श्रद्धाञ्जली व्यक्त गरेका थिए।

कार्यक्रम पार्टी देवदह नगर कमिटीका अध्यक्ष टिकाराम चापागाईंको अध्यक्षता,उपाध्यक्ष हिरा बहादुर थापाको स्वागत र नगर कमिटीका सचीव बिश्नु अर्यालको संचालनमा सम्पन्न भएको थियो।

त्यस्तै साझ ५: ३० बजेपछी निवास अगाडि उहाको सम्झनामा सहिद दुर्गा बसन्त स्मृति प्रतिष्ठानको आयोजनामा दिप प्रज्ज्वलन कार्यक्रम सम्पन्न भएको थियो ।

स्मरण रहोस दुर्गा तिवारीको हत्या २०७३ साल पुस ४ गते देवदहको खैरेनीमा गोली हानी निर्ममतापुर्वक भएको थियो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

विकासप्रेमी खत्रीनै रुपन्देही एकको आशा र भरोसा हुन्ः मतदाता

रुपन्देही–१ मा चुनावी सरगर्मी: दधिराम न्यौपानेको पक्षमा बढ्दो जनलहर

देवदह ई.बो स्कूलमा सदनात्मक दोहोरी प्रतियोगिता सम्पन्न

यूएईमा मारिएका नेपालीको पहिचान खुल्यो, शव नेपाल ल्याउने तयारी

यूएईमा गरिएको इरानी आक्रमणमा परि एक नेपालीसहित तीन जनाको मृत्यु

जेष्ठ नागरिकको उपचार सरल बनाउने बोहराको प्रतिबद्धता, देवदहबाट ६५ जना राप्रपा प्रवेश

देवदहका विद्यालयहरूमा स्काउटको लहर: जनता र देवदह माविमा ८० विद्यार्थी दीक्षित

अब युवाहरुलाई स्वदेशमै रोजगारीको ग्यारेन्टि गर्नुपर्छः उम्मेद्वार खत्री