'भारतविरुद्धको फाइनल खेलमा अलमुताइरीलाई प्रतिबन्ध'

४ वर्ष अगाडि

काठमाडौँ – साफ च्याम्पियनसिप फुटबलको फाइनल खेलमा नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई प्रतिबन्ध लगाइएको छ । यसअघिका श्रीलंका र बंगलादेशविरुद्ध चौथो र नवौँ खेलमा दुईवटा पहेँलो कार्ड पाएको भन्दै अलमुताइरी फाइनल खेलका लागि निलम्बित भएको साफले जनाएको छ ।

नेपालका अन्जन विष्टले भने लगातार दुई खेलमा पहेंलो कार्ड पाएकाले उनले भारतविरुद्धको फाइनल खेल गुमाउने यसअघि नै पक्का थियो । भारतका प्रशिक्षक स्टिमाचले पनि बंगलादेशविरुद्धको खेलमा रातो कार्ड नै पाएकाले उनले पनि नेपालविरुद्ध हुने फाइनल खेल गुमाउने पक्का थियो । तर नेपालका प्रशिक्षक अल्मुतारीलाई समेत फाइनल खेलमा प्रतिबन्ध लगाइएको जानकारीसहितको पत्र साफले एन्फालाई दिएको छ ।

यसमा प्रशिक्षक अलमुताइरीले असन्तुष्टि जनाउँदै यो नियमविपरीत र अन्यायपूर्ण भएको प्रतिक्रिया दिएका छन् । उनले शनिबार बिहान भर्चुअल पत्रकार सम्मेलन गर्दै यो निर्णय भारतले खेल जितोस् भन्ने चाहनाबाट प्रेरित भएको बताएका छन् ।

उनले भनेका छन्, ‘मलाई लाग्छ उनीहरु (साफ पदाधिकारीहरु) नेपालको नतिजाबाट खुसी नहुन सक्छन् । उनीहरुलाई नेपालले नजितोस् भन्ने लाग्छ । मैले तयो महसुस गरिरहेको छु ।’

अलमुताइरीले नेपाललाई साफ च्याम्पियनसिपको इतिहासमा पहिलो पटक फाइनलमा पुर्याएका थिए । बंगलादेशलाई बराबरीमा रोक्दै फाइनलमा पुगेर नेपालले इतिहास रचेको थियो ।

‘बंगलादेशविरुद्धको खेलपछि रेफ्रीमाथि आक्रमण भएको थियो, उनीहरुलाई के सजायँ भयो ? ’ अलमुताइरीले प्रश्न गरेका छन्, ‘भारतीय प्रशिक्षक रिसायो भनेर नेपालको प्रशिक्षकलाई सजायँ दिने ? आफैंले बनाएको नियम नमान्ने हो भने नियम किन बनाउने ? ’

उनले अगाडि भनेका छन्, ‘साफले अब्दुल्लाहलाई मात्रै निलम्बन गरेको होइन, नेपालको मुख्य प्रशिक्षकलाई निलम्बन गरेको हो, अब्दुल्लाह अलमुताइरी नभए पनि नेपाली टोलीले नतिजाको लागि प्रतिस्पर्धा गर्छ ।’

साफ च्याम्पियनसिपको बलियो टोली भारत र नेपालबीचको फाइनल खेल आज राति पौने नौ बजे मालदिभ्सको राजधानी मालेमा हुँदैछ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो

प्रधानमन्त्रीले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्ने

देवदह नगर अस्पतालको नवनिर्मित भवन उद्घाटन: नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य

आयल निगमलाई १५ दिनमा ७ अर्ब ८१ करोड घाटा

प्रधानमन्त्री कपमा आसिफ शेखको दोहोरो शतकको कीर्तिमानी

ललितपुरमा दाजुभाई मारेर हतियारसहित भागेका अपराधी पक्रिने प्रहरी जवान पुरस्कृत